नेपाल र चीनबीच १७ बुँदे सम्झौता पत्रमा हस्ताक्षर

आइतवार, अशोज २६, २०७६



काठमाडौं । नेपाल र चीनबीच १७ वटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । हस्ताक्षर पश्चात विभिन्न समझादारी पत्र आदान प्रदान गरिएको छ ।

चिन सरकार र नेपाल सरकारका सम्बन्धीत निकायका सचिवहरुले राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समउपस्थितीमा समझदारी पत्र आदान प्रदान गरेका हुन । सोल्टी होटलमा आयोजित उक्त कार्यक्रममा कृषि,शिक्षा, पर्यटन, स्वास्थ्य,उधाेगिक क्षेत्र र भौतिक पूर्वाधार लगायतका क्षेत्रमा हस्ताक्षर भएको हो ।

समझदारीका मुख्य विषयहरु

१)नेपाल–चीन अन्तरदेशीय रेलसेवाको सम्भाव्यता अध्ययन

२) छेन्दुमा महावाणिज्य दूतावास स्थापना गर्ने

३) काठमाडौं–चीनको नाञ्जिङ सहरबीच भगिनी सम्बन्ध स्थापना

४) बुटबल र चीनको सियान सहरबीच भगिनी सम्बन्ध स्थापना, स्वास्थ्य सेवा सुधारसम्बन्धी समझदारी

५) त्रिभुवन विश्वविद्यालयमा भौतिक पूर्वाधार निर्माण सम्बन्धी समझदारीपत्र

६)नेपाली फलफूल चीन निर्यात गर्ने सम्बन्धी समझदारीपत्र

७) सीमा व्यवस्थापन प्रणाली

८) सरकारी क्षमता विस्तारका लागि सहयोग आदानप्रदान गर्ने समझदारी

९) आपराधिक गतिविधि नियन्त्रणका लागि दुईपक्षीय कानुनी सहयोग आदानप्रदान गर्ने समझदारी

१०) सगरमाथा संरक्षणका लागि सहयोग आदानप्रदान समझदारी

११) नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच मुख्य परियोजनामा उत्पादकत्व क्षमता विस्तार गर्ने

१२) औद्योगिक क्षेत्रमा सहयोग गर्ने परियोजना सम्बन्धी समझदारीपत्र

१३)परम्परागत औषधिको विकास गर्ने समझदारी

१४)विपद् जोखिम न्यूनीकरण तथा आपत्कालीन उद्धारसम्बन्धी सम्झौता

१५)चीनको सुप्रिम पिपल्स प्रोक्युरेटर र नेपालको महान्यायाधिवक्कताको कार्यालयबीच सहयोग आदानप्रदान गर्ने समझदारी

१६)दुईपक्षीय व्यापारसम्बन्धी संयुक्त कार्यदल गठन गर्ने

१७)दुईपक्षीय लगानी विस्तार गर्न नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहायता कार्यदल गठन गर्ने

१८)सुरुङमार्ग निर्माण गर्ने सम्बन्धमा समझदारी

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata