तिब्बतले बाटाेमै राेकिदियाे चीनबाट नेपाल ल्याउँदै गरेकाे स्वास्थ्य सामग्री

आइतवार, चैत्र १६, २०७६



काठमाडौं । तिब्बत सरकारले चीनबाट नेपाल ल्याउन लागिएकाे स्वास्थ्य सामग्री बीच बाटाेमै राेकेको छ । कोभिड–१९ परीक्षण, रोकथाम तथा उपचारका लागि चिनियाँ कम्पनीले उपलब्ध गराएकाे स्वास्थ्य सामग्रीको गुणस्तरमा प्रश्न उठेपछि तिब्बतले उक्त सामग्री बाटाेमै राेकिदिएकाे हाे ।

चीनको बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले बुधबार बेइजिङस्थित नेपाली राजदूतावासमार्फत सरकारलाई निःशुल्क रूपमा किट उपलब्ध गराएको थियाे । साेही सामग्री दूतावासले नेपाल पठाएकाे थियाे । तर, ल्हासामा चीनको नेसनल मेडिकल प्रोडक्सन एडमिनिस्ट्रेसनले नेपाल पठाउन लागिएका किट निर्यातयोग्य नभएको पुष्टि गरी बाटाेमै राेकिदिएकाे हाे ।

चिनियाँ कम्पनीले नेपाल पठाएका सामग्री कोरोना भाइरस परीक्षणका झण्डै डेढ दर्जन किटकाे सूचीमा नपरेकाे तिब्बती विभागकाे भनाइ छ । नेपाल ल्याउन लागिएकाे प्रति टेस्टिङ किटबाट एक जनामा कोरोना भाइरसको परीक्षण गर्न सकिने बताइएकाे थियाे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments