नेपाल च्याम्पियन !

मङ्लबार, असार २४, २०७६



काठमाडौं । एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ को उपाधि जित्दै नेपाल युवा एशिया कपका लागि छनौट भएको छ । आज(मंगलबार) क्वाललम्पुरस्थित किनरारा ओभल स्टेडियममा सम्पन्न खेलमा  हङकङलाई ६ विकेटले  पराजित गर्दै नेपालले एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ को उपाधि हात पारेको हो ।

अस्द्फ्सद्फ़

टस हारेर ब्याटिङ गरेको हङकङले नेपालसामु जीतका लागि ९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई नेपालले मात्र १६.१ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । हङकङका लागि कप्तान अदित गोरावाराले २४ रन बनाए भने कलहान मार्क चालुले १९ रन बनाए ।

नेपालका लागि ओपनर पवन सर्राफले ५ चौका र एक छक्का सहित सर्वाधिक ३९ रनको योगदान दिए । रीत गौतमले १३, कप्तान रोहित कुमार पौडेलले १२  साथै  भीम सार्की ८ रन बनाउँदै नटआउट रहे ।

यस्तै पहिला ब्याटिङमा उत्रेको हङकङ ४३.१ ओभरमा मात्र ९५ रन मा समेटियो । हङकङलाई सस्तोमै समेट्दै  नेपालका लागि सागर ढकालले ५ विकेट लिए भने कमलसिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राज भण्डारी १–१ विकेट लिए ।

ह्जग्फ्ग

यस जीतसँगै श्रीलंकामा आयोजना हुने युवा एशिया कपको लागि समेत नेपाल मनोनयनमा परेको छ । उक्त खेलमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank