भारतीय राजदूत बोलाएर सरकारले दियो लिपुलेक सडकबारे कुटनीतिक नाेट

सोमवार, बैशाख २९, २०७७



काठमाडौं । भारत सरकारले नेपालको भूमी लिपुलेक हुँदै मानसरोबर जाने सडक निमार्ण पश्चात उद्घाटन गरेपछि सरकारले त्यसको तदारुकताका साथ अघि बढाएको छ ।

सरकारले सोमबार भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर कुटनीतिक नाेट दिएको हो। पराष्ट्रमन्त्रालयका अनुसार,लिपुलेकका विषयबारे औपचारिक धारणा माग गरेको हो ।

नेपाली भूमिमा पर्ने लिपुलेकमा विना सूचना भारतले सडक निर्माण लगायतका गतिविधि जारी राखेकामा राजदूत क्वात्रालाई कूटनीतिक नोटदिइएको हो । भारतीय अतिक्रमणका विषयमा अहिले सदन देखी सडक सम्म चर्काे आलोचना र विरोध भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments