नेपाल-भारत पारवहन सन्धि पूनरावलोकन बैठक शुरु

मङ्लबार, मंसिर १०, २०७६



काठमाडौं । नेपाल-भारत पारवहन सन्धि पुनरावलोकन बैठक शुरु भएको छ । बैठक काठमाडौंम शुरु भएको छ ।  नेपाललाई तेस्रो मुलुकसँग व्यापारका लागि पहुँच विस्तार तथा दुई देशबीचको व्यापार सहजकिरणका लागि बैठक बसेको जनाइएको छ । बैठक दुई दिनसम्म चल्ने भएको हो ।

जल मार्ग र थप नयाँ बन्दरगाह प्रयोगबारे सन्धिमा समावेश हुने विषयलाई बैठकले अन्तिम रुप दिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए । बैठकमा पारवहन सन्धिका विविध विषयमा छलफल हुने पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

बैठकमा हल्दिया–साहिवगञ्ज–कालुघाट जलमार्ग तथा गुजरातको मुन्द्रा र उडिसाको धाम्रा बन्दरगाह प्रयोगको विषयमा पनि विस्तृत छलफल हुने जनाइएको छ । बैठकमा नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भारतको तर्फबाट  भारतका वाणिज्य विभागका एडिसनल सेक्रेटरी भूपिन्दर सिंह भल्लाले नेतृत्व गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata