नेपाल बार काउन्सिलमा नेकपा निकट कानून व्यवसायीकाे वर्चस्व

आइतवार, माघ २६, २०७६

- भूपेन्द्र शाह



काठमाडौं । शनिवार सम्पन्न नेपाल कानून व्यवसायी परिषदको काउन्सिलर पदको निर्वाचनमा वृहत प्रगतीशील पेसागत तथा समावेशी समूहले चार प्रदेशमा जित हासिल गरेको छ ।

सात वटा प्रदेश मध्य चार प्रदेशमा नेकपा निकट प्रगतीशीलले कानून व्यवसायीका उम्मेदवारहरुले हासिल गरेको छ भने तीन प्रदेशमा कांग्रेस निकट वृहत लोकतान्त्रीक कानून व्यवसायी समूहले जित हासिल गरेका छन । सातै प्रदेशमा भएको निर्वाचनमा प्रदेश प्रदेश नम्बर १ सहित वागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपा समर्थित प्रगतिशील समूहका उम्मेदवारले विजय हासिल गरेका छन् ।

सबैभन्दा धेरै कानुन व्यवसायी रहेको वागमती प्रदेशमा प्रगतिशील कानून व्यवसायीका उम्मेदवार वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवाली निर्वाचित भएका छन् ।

 प्रगतीशिलकाका तर्फबाट प्रदेश नं.१ मा अधिवक्ता प्रेमप्रसाद पोखरेल,कर्णाली प्रदेशमा अधिवक्ता रामबाबु वि.सि, सूदूरपश्चिम प्रदेशमा अधिवक्ता  प्रकाश बहादुर पाण्डेय र  बागमती प्रदेशबाट वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवालीले जित हासिले गरे  । त्यस्तै वृहत लोकतान्त्रीक कानून व्यवसायी समूहका तर्फबाट प्रदेश नं. २ मा अधिवक्ता श्यामकुमार मिश्र ,गण्डकी प्रदेशमा अधिवक्ता मुकुन्दराज अर्याल र  प्रदेश नं. ५ बाट  अधिवक्ता बाबुराम पाण्डेले जित हासिल  गरेका हुन । 

हेर्नुहाेस-मत परिणाम सहित 

mat

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments