बन्दले देशभरको जनजीवन प्रभावित

आइतवार, बैशाख ३०, २०७५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लब) नेतृत्वले गरेको बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण विभिन्न जिल्लामा  चल्ने लामो तथा छोटो दूरीका कुनै पनि सार्वजनिक सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

उद्योग कलकारखाना, व्यवसाय, शैक्षिक संस्था र बजार सबै ठप्प छन् । यातायातका साधन चल्न नसक्दा यात्रुहरु पैदल यात्रा गर्न बाध्य भएका छन् । सडकमा बन्दकर्ता नभए पनि एक्बुलेन्स, दूध, प्रेस, पानीका गाडी, फाटफुट मोटरसाइकल र अटो रिक्सा बाहेक अन्य सवारी साधन चल्न सकेका छैनन् ।

पूर्व पश्चिम राजमार्गमा पनि गाडीहरु चल्न सकेका छैनन् । देशका विभिन्न ठाउँहरमा बम विस्फोट, आगजनी, तोडफोड र शंकास्प्द्य बस्तु भेटिएको प्रहरीले जनाएको छ ।

87 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank