स्वास्थ्य उपकरण र औषधि लिएर गएको स्काई ट्रक बीचबाटै फर्कियो

सोमवार, चैत्र १७, २०७६



काठमाडौं । सरकारले चीनबाट ल्याएको औषधी र उपकरण लिएर सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर एक तर्फ उडेको नेपाली सेनाको स्काई ट्रक बीचबाटो बाटै फर्किएको छ ।

स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याएका सामान प्रदेशमा पुर्‍याउनका लागि स्काई ट्रक सोमबार बिहान उडेका थिए । विमान चालकले गन्धका कारण उडान भर्न नसक्‍ने बताएपछि स्काई ट्रक डाइभर्ट भएर पुनस् त्रिभुवन विमानस्थल नै फिर्ता भएको सेनाले जनाएको छ ।

मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर स्काई ट्रक गन्तव्य तर्फ उडेको थियो ।  बिहान साढे ७ बजे धनगढीका लागि उडेको स्काई ट्रक १५ मिनेटपछि फर्किएको थियो। भित्रैबाट आएको पिरो रागले उडानमा समस्या आएपछि स्काई ट्रक फर्किएको थियो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments