सेना अर्को सरकार बनाउँदै !! सेना खुसी पार्न गरिएको एउटा निर्णयले संकटमा प्रचण्ड

मङ्लबार, साउन ३, २०७४

loading...

- भगवान खड्का



१९ माघ २०६१ को राजा ज्ञानेन्द्रको ‘कू’ पछि सरकारको मुख्य तारो सञ्चार माध्यम बनेका थिए । तत्कालीन शाही नेपाली सेनाले पहिलो तारो रेडियो स्टेसन बनाएको थियो । रेडियो स्टेशन कब्जा गरी सूचनामै नियन्त्रण जमाएको सेनाले अहिले आफ्ना कार्यक्रमलाई जनतामाझ लैजान त्यही रेडियोलाई पहिलो माध्यम बनाएको छ । त्यो पनि छुट्टै रेडियो सञ्चालन गरेर । सेना आफैँले देशभरी अलग्गै रेडियो सञ्चालन गर्न लागेको छ । त्यसका लागि सरकारले लाइसेन्स दिइसकेको छ ।

१०१.६ मेगाहर्जको सैनिक रेडियोको परीक्षण प्रसारण डोटीको दिपायलबाट आरम्भ सुरु भइसकेको छ । उपत्यकासहित देशका छवटा पृतनाबाट छवटा रेडियो स्टेसन सञ्चालन गर्न सरकारसँग सैद्धान्तिक सहमति लिई सकिएको छ । सैनिक प्रवक्ता झंकर कडायतले अरु ठाउँमा पनि सञ्चालनका लागि छलफल भइरहेको जानकारी दिए । नेपाली सेनाले रेडियो सञ्चालन गर्न हुन्छ की हुन्न ? अहिले बहसको विषय बनेको छ । नेपाली सेनाले सेनासँग जोडिएका गतिविधिसँग मात्रै रेडियो जोडिने भएकाले कुनै शंका नगर्न भनेको छ ।

तर, सूचना लिने निकायले नै सूचना दिन थालेपछि देशको लोकतन्त्र नै खतरामा पर्ने विज्ञहरुको चेतावनी छ । मडियाले नेपाली सेनालाई स्थान नदिएका कारण छुट्टै रेडियो नै सञ्चालन गर्न लागिएको सेनाले तर्क गरेको छ । सरकारले सेनालाई लाइसेन्स किन दियो ? माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै सेनालाई लाइसेन्स दिएकाले त्यसमा थप रहस्यका रुपमा हेरिएको छ । हिजो जनयुद्धमा माओवादीले रेडियोलाई टुल्स बनाएको थियो अहिले सेनालाई त्यस्तै टुल्स बनाऊ भनिएको हो ? माओवादी केन्द्रत्रि नै प्रश्न खडा भएको छ । स्रोतका अनुसार सोमबार माओवादी केन्द्रका केही नेताहरुसहितको छलफलमा सेनालाई लाइसेन्स दिन ठीक वा वेठीक भन्ने विषयमा बहस भएको थियो ।

अध्यक्ष प्रचण्डले सेनालाई लाइसेन्स सामान्य हिसावले दिएको र त्यसको भविश्यको प्रभावका विषयमा मसिनो ढंगले छलफल नभएको स्वीकार गरेका थिए । ‘लाइसेन्स हाम्रै पार्टी अध्यक्ष प्रधानमन्त्री भएका बेला दिइएको छ’ माओवादी केन्द्रका एक नेताले भने, ‘तर लाइसेन्स दिन ठीक गरियो की वेठीक भन्नेमा अध्यक्ष नै अलमलमा रहेको देखियो । यो लजास्पद विषय हो ।’ ती नेताका अनुसार पार्टीभित्र मासमा लैजादा नकारात्मक असर पर्नेै भन्दै उच्च तहमा छलफल सिमित राखिएको छ । नेपाली सेना पाकिस्तानी मोडेलमा सञ्चालन गर्न खोजिएको त होइन ? आशंका पनि सुरु भएको छ ।

अहिले पनि देशभरिका १ सय ७७ वटा रेडियो स्टेसनबाट सेनाको नियमित सूचना प्रवाह हुन्छ । त्यस्तै ३५ वटा टेलिभिजन च्यानलमा समेत सैनिक कार्यक्रम सञ्चालन हुन्छ । सञ्चारमा यति बलियो पहुँच बनाएको सेनालाई अलग्गै रेडियो स्टेसनको आवश्यकता किन ? यो गम्भिर विषय हो राजनीति दलहरुले छलफलको विषय बनाउनुपर्छ ।
पाकिस्तानी सेनाले ४९ वटा रेडियो स्टेसन सञ्चालन गरिरहेको छ । उत्तरकोरिया, थाइल्यान्ड र चीनमा पनि सेनाले मिडिया सञ्चालन गर्छ ।

राज्यका तीनै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले ठीक तरिकाले काम गरे नगरेको निगरानी गर्न मिडियालाई चौथो अंगका रुपमा लिइन्छ । सेनाले सञ्चालन गरेको मिडिया कुन अंगमा पर्छ ? गरी जनतालाई सही, निष्पक्ष र यथार्थ सूचना र शिक्षा दिन अनि राज्यका अंगले गरेका गलत कामको आलोचना गरी सुझाव दिने जस्तो अहं भूमिकाले गर्दा नै सञ्चार जगत्ले अलिखित नै सही, राज्यको चौथो अंगको मान्यता पाएको हो । यही भूमिकाका कारण लोकतन्त्रमा सरकारले सञ्चारमाध्यम सञ्चालन गर्दा त्यसको निष्पक्षता र तटस्थताका बारेमा समेत प्रश्न उठ्ने गरेको हो ।

गर्न मिडियालाई चौथो अंगका रुपमा लिइन्छ । सेनाले सञ्चालन गरेको मिडिया कुन अंगमा पर्छ ? सूचना तथा सञ्चार मन्त्रालयले त्यसको जवाफ दिनुपर्छ । शिक्षा, स्वास्थ्य, विकाससँग जोडिएको सेना अब मिडियाको लगानीकर्ता पनि बनेको छ । भोलि सेनजाले ‘कू’ गर्न आफ्नो रेडियोलाई परिचालन गर्यो भने के हुन्छ ? यसले सेना र सरकारअलग भएको स्थापित गर्न खोजिएको छ ।

6305 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv