शान्ति मिसनमा खटिने नेपाली सेनाको भत्ता वृद्धि

मङ्लबार, भदौ ३१, २०७६



काठमाडौं । शान्ति सेनामा खटिने नेपाली सेनाको भत्तामा वृद्धि गरेको भएको छ । शान्ति सेनामा सहभागी हुने सकलदर्जाले मिशनमा खट्टिएको अवधिमा प्राप्त गर्ने दैनिक भत्ता विवरण दरमा पुनरावलोकन गरेको नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापति पूर्ण चन्द्र थापाको अध्यक्षतामा बसेको बैठकको तल्लो दर्जा बन्दोवस्ती कार्य सिपाहीले हाल प्रति महिना प्राप्त गरिरहेको भत्तादर अमेरिकी डलर १०२९.०० मा अमेरिकी डलर ८५.०० थप गरि प्रति महिना अमेरिकी डलर १११४.०० पुर्याइएको छ ।

त्यस्तै गण कमाण्ड गर्ने गणपति प्रमुख सेनानीको समेत हाल प्रति महिना प्राप्त गरिरहेको भत्तादर अमेरिकी डलर १३७८.०० मा अमेरिकी डलर २१.०० थप गरि प्रति महिना अमेरिकी डलर १३९९.०० कायम गरिएको छ ।

सैनिक कल्याणकारी कोषलाई वार्षिक करिब रु ४६ करोड ३० लाख व्ययभार पर्ने भएतापनि तल्लो तहका सकलदर्जालाई लक्षित गरी थप लाभान्वित गराउने उद्देश्यले भत्तादर वृद्धि गरेको नेपाली सेनाले प्रेस वक्तव्य मार्फत जनाएको छ । वृद्धि गरिएको भत्तादर १ अक्टोबर २०१९ बाट लागू हुने भएको छ ।

army press note

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata