कान्तिपुर समाचार प्रति सेनाको आपत्ती

मङ्लबार, साउन २८, २०७६



काठमाडौं । नेपाली सेनाले कान्तिपुर दैनिकमा प्रकाशित समाचार प्रति ध्यानाकार्षण भएको जनाएको छ ।

नेपाली सेनाले एक विज्ञप्ती निकाल्दै श्रावण २८ गतेको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा प्रकाशित अदालतमा सेनाको अनधिकृत प्रवेश भन्ने शिर्षकको समाचार प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

उक्त घटनाको सम्बन्धमा अन्य केहि अनलाइनहरुमा पनि प्रकाशित समाचारहरु प्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाली सेना नागरिक अधिकारको संरक्षण प्रति सदा संवेदनशील रहेको बताउँदै उक्त समाचारको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको हुँदा यस सम्बन्धमा थप प्रतिक्रिया नभएको सम्बन्धित सबैमा जानकारी गरेको छ ।

हेर्नुहाेस विज्ञप्ती

nepal army

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata