नेपाली सेना पुना नजाने !

आइतवार, भदौ २४, २०७५



काठमाडौं । भारतको पुनामा सोमबार देखी सुरु हुने विम्स्टेक मुलुकहरुको सैन्य अभ्यासमा नेपालले भाग नलिने भएको छ । गत भाद्र १४ र १५ मा काठमाडौंमा सम्पन्न विम्स्टेक सम्मलेनमा विम्स्टेक राष्ट्रहरुको स्थल सेनाहरु संयुक्त सैन्य अभ्यास गर्ने प्रस्ताव भारतीय पक्षले राखेको थियो ।

हरेक मुलुकबाट ३०/३० सदस्यले भाग लिन राजी गरिएको उक्त भारतीय सैन्य प्रस्ताव राजनैतिक विवाद पछि नेपाली सेना सहभागी नहुने भएको भारतीय मिडियाले जनाएका छन् ।

राजनीतिक दलहरुबीच सहमती नगरि गरिएको सैन्य अभ्यासको अनौपचारिक सहमती मिडियामा आउनासाथ रक्षात्मक बनेको नेपाल सरकारले अन्तिम अवस्थामा नेपाली सेनालाई पुना नजान भनेको छ । नाम नबताउने सर्तमा सेनाका वरिष्ट अधिकारीले भने औपचारिक र लिखित आदेश नदिए पनि कार्यक्रममा भाग लिन रोक लगाएको जनाए ।

अागामी  विम्स्टेक सम्मेलन भन्दा अगाडि नेपाल सरकारले संयुक्त सैन्य अभ्यासमा नेपाली सेनालाई भारत नपठाउने तय भएको छ ।

1633 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank