नेपाल र भारतीय युवाबीच अनुभव आदानप्रदान

बिहिबार, चैत्र २२, २०७४

काठमाडौँ । युवाको भूमिकाको बारेमा नेपाल र भारतीय पक्षका युवाबीच अनुभव आदानप्रदान गरिएको छ । राष्ट्रिय युवा परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा दुई देशका युवाबीच अनुभव आदानप्रदान भएको हो ।

उक्त अवसरमा आ–आफ्नो देशमा युवाले खेलेको भूमिकाको बारेमा एकापसमा अनुभव साटसाट गरेका थिए । कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले नेपाल र भारत पक्षका युवाबीच अनुभव आदानप्रदान हुँदा धेरै ज्ञान हासिल भएको बताए ।

उनले छोटो समयमा नै परिषद्ले युवाका क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको उल्लेख गदै नेपाल र भारतका युवाको अवस्था एकैनाशको भए पनि भारतीय युवाले नेपालको भन्दा बढी फड्को मारेको बताए ।

उनले नेपालमा युवामा भएको क्षमतालाई परिषद्ले प्रस्फुटन गराउने कार्य गरिरहेको जानकारी गराए । कार्यकारी उपाध्यक्ष ढुंगेलले अनुभव आदानप्रदान कार्यक्रमले नेपाल र भारत दुवै देशको संस्कृति, भूगोल र विकासका लागि बुझ्न सजिलो हुने बताए ।

कार्यक्रममा भारतीय युवा तथा खेलकुद मन्त्रालयका उपसचिव जिएस चित्राले नेपाली युवामा क्षमता भए पनि अवसर नपाएको बताए ।

उनले यहाँका युवालाई अवसर सिर्जना गरी मुलुकको आर्थिक विकासमा लगाउनुपर्ने धारणा राख्नुभयो । उपसचिव चित्राले भारतीय युवाले स्वमंसेवकको रुपमा काम गरेर राष्ट्रलाई महत्वपूर्ण सहयोग गरिरहेको भन्दै त्यसबाट नेपाली युवाले पनि सिक्नु पर्ने औंल्याए ।

परिषद्का विज्ञान तथा प्रविधिविज्ञ खिम पन्थीले भारतीय युवाले प्रविधिमा हासिल गरेर आर्थिक विकासमा सहयोग पु¥याएको उल्लेख गर्दै नेपालका युवाले पनि भारतीय युवाबाट सिकेर यहाँको आर्थिक विकासमा सहयोग पु¥याउन सक्ने बताए ।

कार्यक्रममा भारतबाट विभिन्न क्षेत्रमा क्रियाशील ४८ जना युवा अनुभव आदानप्रदान गर्न नेपाल आएका छन् ।

71 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank