चीनले नेपाललाई १५ करोड आरएमबी बराबरको सैन्य सामग्री उपलब्ध गराउने

सोमवार, कार्तिक ४, २०७६



काठमाडौं । नेपाल र चीन सरकारबीच सैन्य सामग्री उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । चिनियाँ भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका रक्षामन्त्री वेइ फेङ्हेबीबीच आइतबार बेइजिङमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

चीन सरकारले मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपाली सेनालाई १५ करोड आरएमबी बराबरको सैन्य सामग्री उपलब्ध गराउने विषयमा सम्झौता भएको जनाइएको छ ।

गत असोज २५ र २६ मा नेपालको राजकीय भ्रमणमा क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले उक्त सहायत प्रदान गर्ने प्रस्तावमा सहमति जनाएका थिए । गत वर्षको चीन भ्रमणका क्रममा पनि दुई देशका रक्षामन्त्रीबीच नेपाली सेनालाई पन्ध्र करोड युयान बराबरको मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सहायता सामग्री उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएकोमा सो कार्यान्वयनको चरणमा छ । हालको सम्झौता तीन वर्ष भित्र उपलब्ध गराउने भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata