ब्राजिलियन नागरिक बोकेर दिल्ली उड्दै नेपाल एयरलाइन्स

मङ्लबार, बैशाख २, २०७७



काठमाडौं । आज मंगलबार नेपाल वायु सेवा निगमले भारतको नयाँ दिल्ली उडान भर्दैछ । विमानले नेपालमा रहेका ब्राजिलियन नागरिक लिएर जान अनुमति लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

ब्राजिलियन राजदूतावासले निगमको जहाज चार्टर गरेको हो ।

लकडाउनका कारण नेपालमा रोकिएका ब्राजिलियन नागरिकलाई विमानले नयाँ दिल्ली छोडेर फर्कने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments