पार्टी एकतामा कुनै समस्या छैन्: नेम्वाङ

सोमवार, बैशाख १७, २०७५



इलाम । नेकपा एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले एमाले र माओवादी एकतामा कुनै समस्या नभएको बताएका छन् ।

दुई पार्टी एकताबारे दुई अध्यक्षबीच सहमति नभईरहेको बेला उनले यस्तो बताएका हुन् । इलाममा सोमबार पत्रकार सम्मेलनमा बोल्दै नेता नेम्बाङले वाम एकता प्रक्रियामा कुनै समस्या नआएको बताए । उनले ‘एकतापछि पार्टी सञ्चालनमा समस्या नहोस् भनेर दुई अध्यक्षबीच गम्भीर छलफल भइरहेको जनाएका छन् ।

नेम्बाङले इलामको लारुलुम्बाको फाल्गुनन्द एयरपोर्टमा दश दिनभित्रमा टेष्ट फ्लाइट हुने बताएका छन् । एक दशकदेखि निर्माण कार्य शुरु भएको एयरपोर्ट सञ्चालनमा जिल्लाबासीको चासो बढिरहेको बेला नेम्बाङले १० दिनभित्रमा टेष्ट फ्लाइट हुने बताए ।

नेम्बाङले झापाको भद्रपुर एयरपोर्टबाट अबको छ महिनाभित्र नाइट लेण्डिङ्ग शुरु हुने बताए । वाम गठबन्धनको सरकार गठन भएदेखि नै आफूले नाइट लेण्डिङ्गको लागि पहल गरेको बताएका छन् ।

140 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank