मन्त्रिपरिषद् पुनर्गठनबारे नेकपा अध्यक्षद्वयको बीचको छलफल निष्कर्षविहिन

मङ्लबार, मंसिर ३, २०७६



काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको सन्दर्भमा सत्तारूढ दल नेपाल कम्युिनस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार भएको छलफल निष्कर्षमा पुग्न सकेन।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठनका अतिरिक्त विगतका समझदारीका विषयमा पनि कुरा उठेको स्रोतले जनायो । अध्यक्षद्वयबीच साँझ ५ बजेदेखि करिब ३ घण्टा छलफल भएकाे थियाे।

दुई अध्यक्ष नै निष्कर्षमा पुग्न नसकेका कारण मन्त्रिपरिषद् पुनर्गठन कहिले हुन्छ भन्नेमा अन्यौल सिर्जना भएको छ। आज(मंगलबार) पनि अध्यक्षद्वयले भेटेर छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रचण्डको निजी सचिवालयले  मंगलबार  विज्ञप्तिमार्फत मन्त्रिपरिषद फेरबदलको विषय प्रधानमन्त्रीकेा क्षेत्राधिकार भएको भन्दै अध्यक्ष प्रचण्डले बारम्बार त्यही कुरामा जोड दिएको जनाएको छ । सो विषय प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्राधिकार भएको सचिवालयको भनाइ छ ।

यसैबीच नेकपा केन्द्रीय सचिवालयको बैठक बुधबार बस्ने भएको छ । सो बैठकपछि मन्त्रिपरिषद पुनर्गठनको टुंगो लाग्ने बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata