नेकपाको केन्द्रीय बैठक बस्दै

शनिबार, जेष्ठ १७, २०७७



काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय बैठक आज बस्दै छ । बैठक बिहान ९ः३० बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकमा संविधान संशोधन विधेयक, कोरोना भाइरसको महामारी, एमसीसी लगायतका विषयमा छलफल हुने बताइएको छ ।

सचिवालय बैठक बस्नुअघि शुक्रबार पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच झण्डै डेढ घण्टा बालुवाटारमा भेटवार्ता भएको थियो ।

भेटमा बिहीबार प्रस्तुत गरेको आर्थिक वर्षको बजेट, संविधान संशोधन विधेयक, कोरोना भाइरसको महामारीलगायत विषयमा छलफल भएको बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments