नेकपामा भागबण्डा टुङ्गियो, बेरोजगार नेताले पाए काम

बिहिबार, जेष्ठ २, २०७६



काठमाण्डौं ।  ६०- ४० को जगमा वाम गठबन्धन बनाउँदै निर्वाचनमा होमिएको दुई ठूला कम्युनिष्ट पार्टीहरु पुर्व एमाले र माओवादी केन्द्र २०७५ साल जेठ ३ गते एउटै कम्युनिष्ट पार्टी बनाउँन राजी भए । तात्कालिन एमाले र माओवादी केन्द्रलाई औपचारिक रुपमा विघट्न गर्दै नेपाल कम्युनिष्ट पार्टी अण्डर लाईन, नेकपा कोष्ट हुँदै नेकपा निर्माण गर्न सफल रहे पनि दुई पार्टीलाई पुर्ण एकता गर्दै बेरोजगार कमरेडहरुलाई राजनीतिक काम दिन असफल रहयो ।

अनेक कारणले पोलिटब्युरो सदस्य चयन र जनसंगठनको एकता टुंग्याउन  असफल रहेको नेतृत्वले आज ( जेठ २ गते बिहिबार ) सचिवालयको बैठक बालुवाटारमा बस्दै नेकपामा भागबण्डा टुङ्याएको जनाइएको छ । सचिवालय सदस्य कमरेड वामदेव गौतमको अनुपस्थितिमा सम्पन्न बैठकमा कमरेडहरु केपी ओली, पुष्प कमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल र रामबहादुर थापा सहभागी रहेको जनाइएको छ ।

करीब तीन महिनाभित्र दुई पार्टीको एकतालाई पुर्ण एकतामा पुर्याउने घोषणाको  बाबजुद एक वर्ष पुग्दै गर्दा सबै एकताको घोषणा गर्ने तयारी स्वरूप बसेको सचिवालय बैठकले अध्यक्षद्वयको आन्तरिक सहमतिलाई अनुमोदन गरेको बताइएको छ । पार्टीमा शक्तिशाली मानिने पोलिटव्युरोमा रहनेहरू, आठ जनवर्गीय संगठनमा पूर्वएमालेले विद्यार्थी, मजदुर, किसान र अपांगता महासंघ तथा माओवादीले युवा, प्रेस संगठन, जनजाति महासंघ र महिला संगठनको नेतृत्व लिने गरि भागबण्डा टुङ्याइएको जनाइएको छ ।

१४७ सदस्यीय रहने पोलिटव्युरोमा भने पूर्वएमालेबाट ८१ र पूर्वमाओवादीबाट ६६ जना रहने गरी सहमति गरिएको छ ।पूर्वएमालेबाट पोलिटव्युरो रहने ८१ मा केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, किरण गुरुङ, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, विष्णु रिमाल, युवराज ज्ञवाली, रघुजी पन्त, रघुवीर महासेठ, सत्यनारायण मण्डल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, सुवास नेम्वाङ, अरुण नेपाल, काशिनाथ अधिकारी, गंगालाल तुलाधर, थममाया थापा, नागेन्द्र चौधरी, प्रदीप नेपाल, प्रकाश ज्वाला, परशु मेघी गुरुङ, पशुपति चौलागाईं, विन्दा पाण्डे, भानुभक्त ढकाल, महेन्द्र पाण्डे, यामलाल कँडेल, राधा ज्ञवाली, रामप्रीत पासवान, लालबाबु पण्डित, विजय पौडेल, श्रीमाया थकाली, कर्ण थापा, गोकुल घर्ती, गोरखबहादुर बोगटी, गौरा प्रसाईं कोइराला, जगत विश्वकर्मा, जगन्नाथ खतिवडा, तुलबहादुर गुरुङ, दलबहादुर राना, डा । वंशीधर मिश्र, भागवत विश्वासी, युवराज कार्की, योगनारायण यादव, शत्रुधन महतो, शेरधन राई, राजेन्द्र पाण्डे, केदार न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, घनेन्द्र बस्नेत, देवराज घिमिरे, खगराज अधिकारी, धर्मनाथप्रसाद साह, गुरु बराल, नरेश खरेल, भानुभक्त जैशी, विजय सुब्बा, शेरबहादुर तामाङ, बैजनाथ चौधरी, केशवलाल श्रेष्ठ, सुशीला नेपाल, जयन्ती राई, कल्याणी खड्का, गरिमा शाह, चूडामणि जंगली, नजिर मियाँ, जीवनराम श्रेष्ठ, रामचन्द्र यादव र गौरी ओली रहेका छन् ।

यसैगरी पूर्वमाओवादीबाट पोलिटव्युरोमा रहेने ६६ जनामा पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, देव गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, अग्नि सापकोटा, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, मातृका यादव, गणेश शाह, लेखराज भट्ट, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, लीलामणि पोखरेल, मणि थापा, हितमान शाक्य, कुलप्रसाद केसी, जयपुरी घर्ती, दीननाथ शर्मा, हितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, उर्मिला अर्याल, ओनसरी घर्ती, प्रभु साह, प्रह्लाद बुढाथोकी, सुनील मानन्धर, सुरेन्द्र कार्की, जोखबहादुर महरा, नारायण दाहाल, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा, कालीबहादुर मल्ल, कमला रोका, झक्कु सुवेदी, हरिराज अधिकारी, सुरेशकुमार राई, शशि श्रेष्ठ, डिआर पौडेल, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी, टेकबहादुर बस्नेत, खगराज भट्ट, महेश्वर गहतराज, अञ्जना बिसंखे, राजु खड्का, कृष्णध्वज खड्का, श्रवण यादव, मायाप्रसाद शर्मा, यशोदा सुवेदी, अमृता थापा, सूर्यप्रसाद सुवेदी, सावित्रीकुमार काफ्ले, महेश्वर दाहाल, रामचन्द्र झा, दिलीप प्रजापति, श्रीराम ढकाल, महेन्द्र पासवान, अजम्मर काङवाङ र सुरेश आलेमगर रहेका छन् ।

भोली शुक्रबार पार्टी एकताको वर्ष दिन पुगेको उपलक्ष्यमा एक कार्यक्रम गरि उक्त नामावली घोषणा गर्ने कार्यक्रम रहेको नेताहरुले जनाएका छन । घोषणा पश्चात नेकपामा बेरोजगार नेताहरुले काम पाउने र पार्टी गतिबिधिले तिब्रता पाउने अपेक्षा गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata