नेकपाले जनयुद्ध र जनआन्दोलनका शहीदको स्मृतिसभा गर्ने

मङ्लबार, माघ २८, २०७६



काठमाडौं । तत्कालीन माओवादी केन्द्रले १ फागुुनलाई ‘जनयुद्ध दिवस’को रुपमा मनाउँदै आएको थियो । हाल सत्तारुढ नेकपाले ‘जनयुद्ध र जनआन्दोलनका शहीदहरूको स्मृति सभा’ गर्ने भएको छ ।

१ फागुनका दिन नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सभामा सहभागी हुने कार्यलय सचिव श्रीराम ढकालले जानकारी दिए ।

पार्टी एकतापछि गत वर्ष नेकपाले धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा ‘जनयुद्ध र जनआन्दोलनका सहिदहरूको स्मृतिमा सभा’ आयोजना गरेको थियो । सो सभामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल सहभागी हुने जानकारी दिएपनि अन्तिम समयमा ओली सहभागी भएनन् । अर्का अध्यक्ष प्रचण्डले मात्र सम्बोधन गरेका थिए ।

तत्कालीन माओवादीले १ फागुनलाई जनयुद्ध दिवसका रुपमा मनाउने प्रस्ताव गरे गरेका थिए । तर तत्कालीन एमालेले सो प्रस्ताव अस्वीकार गरे । गत वर्ष ‘जनयुद्ध र जनआन्दोलनका शहीदहरूको स्मृति सभा’ गरेको थियो ।

‘१ फागुनको अवसर पारेर ‘जनयुद्ध र जनआन्दोलनका शहीदहरूको स्मृतिमा सभा’ कार्यक्रम आयोजना गरिएको हो,’ नेकपा कायलय सचिव ढकालले बताए । उनका अनुसार कार्यक्रममा दुवै जना अध्यक्ष सहभागी हुनेछन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments