कल्याणपुर –१२ मा नेकपाका दिलिप कुमार यादव विजयी

आइतवार, मंसिर १५, २०७६



सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–१२ को वडा अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार दिलिप कुमार यादव विजयी भएका छन् ।

विजयी उम्मेदवार यादवले ८ सय २५ मत प्राप्त गरका छन् । उनले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका प्रदिप कुमार महतो भन्दा १७१ वढी मत ल्याएर विजयी भएका हुन् । राजपाका महतोले ६५४ मत प्राप्त गरे ।

यस्तै नेपाली कांग्रेसका राजकुमार मुखियाले ६ सय १५ मत पाउँदा सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवारले १६० मत पाए । शनिबार सम्पन्न मतदानमा २ हजार ४८० मत खसेको थियो ।

सो वडामा ३ हजार ४५० मतदाता थिए । कुल मतदाताको ७१.८८ प्रतिशत मतदान भएको थियो । गत स्थानीय तहको निर्वाचनमा यस वडामा काँग्रेसका उम्मेदवारले जितेका थिए । उनको मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata