नेकपा सचिवालय बैठक बस्दै

सोमवार, कार्तिक २५, २०७६



काठमाडौं ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज(सोमबार) बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्न लागेको  नेकपा स्रोतले जनाएको छ ।

आज बस्ने सचिवालय बैठकमा पार्टी एकताको बाँकी काम टुंगो लगाउने विषयमा छलफल हुने जनाइएको छ । नेकपामानिर्वाचन आयोग, अनुशासन आयोग, लेखा परीक्षण आयोग, जेष्ठ कम्युनिस्ट मञ्च, राष्ट्रिय परिषद र केन्द्रीय सल्लाहकार परिषदको नेतृत्वको टुंगो लगाउन बाँकी छ ।

आइतबार दुई अध्यक्ष (प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’)बीच बालुवाटारमा दुई घण्टा लामो छलफल भएको थियो ।उनीहरूबीच मन्त्री फेरबदल गर्नेबारे पनि छलफल भएको बताइएको छ । भदौयता मन्त्री हेरफेरको चर्चा चल्दै आए पनि प्रधानमन्त्री ओलीले ‘एक्सन’ लिएका थिएनन् ।

अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच आइतबार भने ‘गम्भीर छलफल’ भएको बालुवाटार स्रोतले बतायो । प्रधानमन्त्रीले केही दिन अघि मात्र आफ्ना सल्लाहकारको राजीनामा मागिसकेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata