नेकपामा एकीकरणको १६ महिनापछि महानगरले पाए नेतृत्व

आइतवार, अशोज ५, २०७६



सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ६ वटा महानगरमा पार्टी अध्यक्ष र सचिवको टुंगो लगाएको छ। तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको १६ महिनापछि महानगर कमिटीमा नेतृत्वको टुंगो लागेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले ६ वटा महानगरको अध्यक्ष र सचिव टुंगो लगाएको हो । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायाणकाजी श्रेष्ठले महानगर कमिटीको अध्यक्ष र सचिव टुंगो लागेको बताए।

‘सचिवालय बैठकले महानगर कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ,’ श्रेष्ठले भने, ‘एकताको बाँकी सांगठनिक काम छिटै नै बस्ने अर्को बैठकले टुंगो लगाउँछ ।’ श्रेष्ठका अनुसार काठमाडौं महानगरको अध्यक्षमा निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठ, ललितपुर महानगरमा अध्यक्ष मन्जली शाक्य र सचिव ज्ञानेन्द्र शाक्य चयन भएका छन् । पोखरा महानगरको अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने, भरतपुर महानगर अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिव ईश्वर सापकोटा छन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata