कांग्रेसले तोड्यो माइतीघर मण्डलाको निषेधित क्षेत्र

बुधबार, असार २०, २०७५



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निषेधित क्षेत्र तोडेको छ । केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वमा कांग्रेस नेता तथा कार्यकर्ता र विभिन्न भात्रृ संस्थाका नेता तथा कार्यकर्ताले निषेधित क्षेत्र तोडेका हुन् ।

नेविसंघका नेता तथा कार्यकर्ता उत्तेजित भएर नाराबाजी गरिरहेका छन् । उनीहरूले ओली सरकार मुर्दावाद, गोविन्द केसी जिन्दावाद जस्ता नारा लगाएका छन् । उनीहरूले डा. गोविन्द केसी र गंगामाया अधिकारीको जीवन रक्षाको समेत माग गरेका छन् ।

निषेधित क्षेत्र खारेज गर्नुपर्ने, विरोध गर्ने अधिकार सुनिश्चित हुनुपर्ने लगायतका माग उनीहरुको छ ।

पौडेल र नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले अग्रपंक्तिमा छन् ।

उक्त स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । झडपको स्थिति समेत बनेको थियो ।

प्रहरी संयमित देखिएको छ भने कांग्रेस कार्यकर्ता आक्रोसित देखिएका छन् । निषेधित क्षेत्र उलंघन गर्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच सामान्य झडप भएको छ । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।

संयमित रुपमा कांग्रेस कार्यकर्तालाई प्रहरीले निषेधित क्षेत्रबाट बाहिर निकालेको छ । अहिले प्रदर्शनकारी थापाथली क्याम्पसतर्फ लागेका छन् ।

आफ्लेले डा. गोविन्द केसीको माग पुरा गर्नुपर्ने र गंगामाया अधिकारीको जीवन रक्षा गर्नुपर्ने बताए । नागरिकको विरोध गर्न पाउने मौलिक हक सरकारले खोजेको प्रदर्शनकारीको आरोप छ ।

कांग्रेस संसदीय दलको बैठकले निषेधित क्षेत्र तोड्न भातृ संगठनहरू परिचालन गर्ने निर्णय गरेको थियो ।

बैठकले मूल्य बृद्धिको विरोध गर्ने, चिकित्सा शिक्षामा विभिन्न विषयमा माग गर्दै १५ औं पटक अनशनरत डा. गोविन्द केसीको र गोरखा गंगामाया अधिकारीको आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

बैठकले डा. गोविन्द केसीको अवस्था बुझ्न सांसदहरु स्नेही, प्रकाश रसाइली ,रंगमति शाही र दिनवन्धु श्रेष्ठलाई जुम्ला पठाउने निर्णय गरेको संसदीय दलका सचेतक बालकृष्ण खाँडले जानकारी दिए । सांसदहरु अमरेशकुमार सिंह ,पार्वता डिसी चौधरी र वेद तिमल्सिनालाई वीर अस्पतालमा छाेराकाे हत्यारालार्इ कार्वाहीकाे माग गर्दै अनशनरत  गंगामाया अधिकारीकाे अवस्था बुझ्न  पठाउने निर्णय गरेकाे छ ।

कांग्रेसले चिकित्सा शिक्षा सम्बन्धी बिधेयकमा तोडमोड गरेको आरोप लगाउँदै संघीय  सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिएको छ ।

712 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank