नेविसंघ बाजुरा- कैलाली सम्पर्क समितिको पहलमा धनगडीमा अलपत्र विद्यार्थीहरु घर पठाइयो

बुधबार, बैशाख १७, २०७७



काठमाडौं । कोरोना भाइरस महामारीका कारण मुलुक गत चैत ११ गते देखि लकडाउनमा छ । लकडाउनका कारण कयौं विदयार्थी एवम सर्वसाधारणहरु घर जानबाट बञ्जित बनेका छन ।

लकडाउनका कारण बाजुरा घर भइ धनगढीका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई नेविसंघ बाजुरा-सम्पर्क समितको पहलमा घर पठाइएको छ । लकडाउनका कारण घर जान नपाएका विदयार्थीलाई मध्यनजर गर्दै गाडीको व्यवस्था गरेर बाजुरा पठाइएको बाजुरा कैलाली सम्पर्क समिति अध्यक्ष अशोक थापाले बताए ।

b

उक्त कार्यका लागि आर्थिक रुपमा  नेपाली काङ्ग्रेस बाजुराका पार्टी सभापति कविराज पण्डित सचिव रनसिंह एेडि युवा नेता चक्र शाह, पूर्ण सिंहले सहयोग गरेका छन । साथै जयमालिका यातायात अध्यक्ष प्रेम नाथ, राजेन्द्र खत्री नरेन्द्र, खाती, दिपेन्द्र थापा, राम बहादुर शाह हिक्मत शाह, सुमन केसी, राजेन्द्र सिंह,पदम नेपाली, बजिर धामि, महेन्द्र सिंह, मदन जोशी लगायतकाले सहयोग गरेको मदन जोशीले जानकारी दिएका छन । कैलालीको धनगढीबाट दुईवटा गाडीमा एक स २५ जना विदयार्थीहरुलाई घर पठाइएको जोशीले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments