मन्त्रीको गाडीमा नेविसंघद्वारा तोडफोड

बुधबार, चैत्र २१, २०७४



सुर्खेत । प्रदेश-६ का मन्त्रीको गाडीमा नेविसंघका कार्यकर्ताले तोडफोड गरेका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कार्यवाहक स्ववीयू सभापति पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको गाडीमा तोडफोड गरेका हुन्।

तोडफोडबाट गाडीको अगाडि भागको सीसा फुटेको प्रहरीले जनाउको छ । । गाडीमा मन्त्री खत्री नभएर सांसद् धर्म रेग्मी सवार रहेका थिए ।

विद्यार्थीहरुले विश्वविद्यालयको मूल गेटमा अहिले प्रदर्शन जारी राखेका छन् । विद्यार्थीहरुको प्रदर्शनमा तोडफोड हुन थालेपछि प्रहरीहरु बाक्लो रुपमा परिचालन गरिएको छ ।

स्ववीयू र नेविसंघले राखेको मागको विपक्षमा एमाले र माओवादीनिकट विद्यार्थी उत्रिएपछि केही दिनअघि यहाँ दुई पक्षबीच झडप नै भएको थियो । मध्यपश्चिमाञ्चलका विद्यार्थीहरु इन्जिनियररिङ संकायसँग सम्बन्धित विभिन्न मागहरु राखेर आन्दोलनमा उत्रेका हुन् ।

93 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank