नेपाललाई रजत : मिक्स ट्रायथलन र खो–खो’मा
बुधबार, मंसिर १८, २०७६

काठमाडौं । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत मिक्स ट्रायथलनमा नेपालले रजत पदक हासिल गरेको छ । नेपाली टोलीका सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारु सम्मिलित मिक्स टिम रिले ट्रायथलनमा रजत पदक जितेको हो ।
यस्तै महिला खो–खो मा पनि रजत पदक जितेको छ । पुरुषमा भने कास्य पदक जितेको छ । किर्तिपुरमा भएको महिला ट्रायथलनको फाइनलमा नेपाल भारतसँग पराजित भएको हो । यससँगै भारतको स्वर्ण पदकको लिस्टमा अर्को थप भएको हो ।
खोखोमा भने नेपाली महिला टिमले जितेको पदक अहिलेसम्मकै ठूलो भनिएको छ । बंगलादेशले श्रीलंकालाई १०–७ ले हराउँदै कास्य जितेको छ । पुरुष खोखोमा नेपालले श्रीलंकालाई १३–७ ले हराउँदै कास्य जितेको हो । पुरुषतर्फ स्वर्ण विजेता भारतले बंगलादेशलाई १६–९ ले जित निकालेको हो ।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments