उत्कृष्ट इन्जिनियरहरू सम्मानित, समृद्धिको संबाहक बन्न मन्त्री महासेठको आग्रह

शुक्रबार, साउन ४, २०७५



काठमाडौं । नेपाली इन्जिनियरहरूको छाता संस्थाको रुपमा रहेको नेपाल इन्जिनियर्स एशोसिएनले ५६ औं इन्जिनियर दिवसका उपलक्ष्यमा उत्कृष्ट इन्जिनियरहरूलाई सम्मान गरेको छ ।

काठमाडौंकोे राष्ट्रिय सभा गृहमा आयोजित बार्षिकोत्सव कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले एशोसिएसनको सम्मान तथा पुरस्कार वितरण निर्णायक समितिले सिफारिस गरेका उत्कृष्ट युवा इन्जिनियरको सम्मान सागर श्रेष्ठ, उत्कृष्ट महिला इञ्जिनियरको सम्मान विन्दु श्रेष्ठ, शहिद नवराज विष्ट स्मृति पुरस्कार गंगाबहादुर बस्नेत र उद्यमशील इञ्जिनियर सम्मान स्वरुप कोने गुरुङ्लाई प्रदान गरे ।

त्यस्तै, राष्ट्रिय विकासमा अमूल्य योगदान दिने संस्थाहरूलाई दिने सम्मानबाट यसबर्ष नेपाल सडक बोर्डका कार्यकारी निर्देशक ई.कृष्ण बस्नेत सम्मानित भएका छन् । त्यस्तै, यस बर्षको लाइफ टाइम एचिभमेन्ट एवार्डबाट ८१ बर्षीय वरिष्ठ इन्जिनियर नारायणदत्त शर्मालाई सम्मान गरिएको छ ।

सम्मानित शर्माले नेपाल सरकारको सेवामा सडक विभागको महानिर्देशकबाट अवकाश प्राप्त गरेपछि विश्व बैंक र एशियाली विकास बैंकको सहयोगका विभिन्न आयोजनाहरुमा दक्षिण एशिया, दक्षिण पूर्वी एशियाका मुलुकहरुमा काम गरेका थिए ।

कार्यक्रममा एशोसियसनसंग सहकार्य गर्ने हामा स्टिल र पूर्वाधार विषयक टेलिभिजन कार्यक्रम सञ्चालक रामहरि कोइरालालाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।

समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि मन्त्री महासेठले एशोसिएसनले प्रकाशनमा ल्याएको अनुसन्धानमूलक टेक्निकल जर्नलको पनि विमोचन गरेका थिए । सो जर्नलमा इन्जिनियरिङ् क्षेत्रका विभिन्न विधाका २० वटा अनुसन्धानात्मक लेखहरु समाविष्ट गरिएको छ ।

समृद्धिका सम्बाहक बन्न आग्रह
मन्त्री महासेठले नेपाल समृद्धिको यात्रामा हिडिसकेकोले इञ्जिनियरहरूलाई सम्बाह बन्न आग्रह गरे । उनले नेपाल इञ्जिनियर्स एशोसियसनसंग औपचारिक रुपमै सहकार्य गर्न नेपाल सरकार तयार रहेको बताउदै नेपाल सरकारका अत्यावश्यक क्षेत्रका इन्जिनियरिड.का प्राविधिक काम एशोसिएसनबाट गराउन उपयुक्त हुने बताए ।

उनले नेपाली इन्जिनियरहरुको ज्ञान,सीप,अनुभव सबै बढ्दै गएको उल्लेख गर्दै नेपाली इन्जिनियरहरुले विदेशी इन्जिनियरहरुकै तुलनामा राम्रो काम गरिरहेको बताए ।

216 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank