सरकार विरुद्ध नेविसंघको प्रदर्शन

मङ्लबार, जेष्ठ १४, २०७६



काठमाडौं । नेपाल विद्यार्थी संघले सरकार विरुद्ध प्रदर्शन गरेको छ । मंगलबार शंकरदेव अगाडि नेपाल नेविसंघका विद्यार्थीले सरकार विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको हो ।

सरकारले संसदमा पेश गरेको मिडिया विधेयक खारेज गर । चर्काे शुल्क बन्द गर । शान्ति सुरक्षा कायम गर । हाम्रो आन्दोलन जारी छ जस्ता नारा लगाउँदै प्रदर्शनमा उत्रेका हुन । उनीहरुले विश्व विद्यालयलाई नेपाल कम्युनिष्ट पार्टी नेकपाले राजनीतिक अखडा बनाएको आरोप समेत लगाएका छन् ।

न्यायालय,प्रेस र विश्वविद्यालय माथि हस्तक्षेप गर्दै कम्युनिष्ट पार्टीको व्यापार गर्ने थलो बनिरहेको  नेविसंघकाे नेविसंघ छ। संवैधानिक हस्तेक्षपका विरुद्ध सरकार सचेत नभए थप आन्दोलन गरिने चेतावनी  नेविसंघले सरकारलाई दिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata