सिकेसँगको सम्झौताको विरोधमा नेविसंघद्वारा प्रदर्शन

मङ्लबार, फाल्गुन २८, २०७५



काठमाडौं । स्वतन्त्र मधेशको माग गर्दै आएका विखण्डनकावादी नेता डा. चन्द्रकान्त राउत (सिके) सँग सरकारले असंम्बैधानिक सहमति गरेको भन्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ ।

गत शुक्रबार स्वतन्त्र मधेश गठबन्धनका संयोजकसँग सरकारले गरेका ११ बुँदे सहमति देश र जनताको हितमा नभएको भन्दै नेविसंघले विरोध गरेको हो । त्रिचन्द्र कलेजबाट शुरु भएको नेविसंघको विरोध र्याली प्रदर्शनमार्ग हुँदै रत्नपार्क सम्म पुगेको थियो ।

सरकारले विखण्डनवादी अभिव्यक्ती दिदै आएका राउतसँग राष्ट्रघाती सम्झौता गरेको नेविसंका नेता दिनेश शाहीले जनाएका छन् । शाहीका अनुसार केपी ओली नेतृत्वको सरकारले जनजीविका सवालहरुलाई बेवास्ता गर्दै विखण्डनवादीसँग हात मिलाउने र जनमत संग्रहमा जाने भन्ने सम्झौताले राष्ट्रघात भएको उल्लेख गरे ।

ncu1

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank