एनसेलले तिर्‍यो साढे १३ अर्ब लाभकर, सरकारलाई तिर्नुपर्ने सवै दायित्व सकिएको दावी

सोमवार, जेष्ठ २२, २०७४



काठमाडौं । एनसेलले १३.६ अर्ब राजश्व तिरेसँगै अब पूँजीगत लाभकरबापत नेपाल सरकारलाई तिर्नुपर्ने सवै दायित्व सकिएको जनाएको छ ।

आफ्नो भूतपूर्व लगानीकर्ता टेलियासोनेराले कम्पनी बिक्री गर्दा प्राप्त भएको लाभ बापतको कर ठूला करदाता कार्यालयको निर्देशन बमोजिम तिरिएको एनसेलले जनाएको छ । एनसेलले बिज्ञप्ति जारी गर्दै लाभकरको बिषय टुंगोमा पुर्‍याएको र अब यो शिर्षकमा कुनै दायित्व एनसेलसँग नरहेको घोषणा गरेको छ ।

एनसेलले हालसम्म गरेको कुलअग्रिमदाखिलाको आधारमा ठूला करदाताकार्यलयले यही जेठ २१ गते एनसेललाई पठाएको पत्रमाकम्पनीले आयकर ऐन २०५८ को दफा ९५ (क) बमोजिमअग्रिम कर दाखिलाको निर्देशन पूर्णरुपमापालना गरेको प्रमाणिकरण गर्दै यससँगै आयकर ऐन २०५८ अन्तर्गत पुँजीगतलाभकर आकर्षण गरेको उक्त कारोबारको सम्बन्धमाएनसेलले पूर्णरुपमाभुक्तानी गरेको प्रमाणित गरेको जनाएको छ ।

एनसेल यस कारोबारको संलग्न पक्ष नरहेको र कारोबारमा भुक्तानी तथा प्राप्ती नगरे पनि कर दाखिला गरेर नेपालमा निरन्तर सेवा प्रदान गर्दै योगदान गरिरहने प्रतिवद्धताको एक पाटो भएको उसले बताएको छ ।

‘एनसेलले सँधै नेपालका कानुनको परिपालना गरेको छ आफ्नो कर दायित्वको परिपूर्तिका सम्बन्धमा प्रत्येक पटक सुशासन तथा परिपालनाको उच्च मापदण्ड अभ्यास गरेको छ,’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने ।

‘यससँगै एनसेलले अब आफ्नो ध्यान लगानी तथा सेवा विस्तारमा, विशेष गरेर फोरजी विस्तारमा निर्वाद रुपमा लगाउन पाउने छ, जसले नेपालको डिजीटल अर्थतन्त्रलाई फड्को मार्न सघाउने छ,” पर्किन्सले भने ।

कम्पनी संचालनको १३ वर्ष ९आर्थिक वर्ष २०६१र६२ देखि मा यही जेठ १८ गतेसम्म० मा सरकारलाई विभिन्न शिर्षकमा १६० अर्ब रूपैयाँ भन्दा बढी राजश्व योगदान पुर्‍याएको एनसेल देशकै सबैभन्दा ठूलो करदाताहरुमा पर्छ ।

एनसेलले नेपालको कुल ग्राहस्थ उत्पादनमा ३ दशमलब २ प्रतिशतको योगदान पुर्‍याउँदै आएको कम्पनीले दावी गरेको छ । आफ्नो व्यवसाय संचालनमार्फत एनसेलले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा करिब एक लाख १० हजारलाई रोजगारी दिएको बताएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments