एनसेलले ल्यायो नयाँ भ्वाइस प्याक, भ्वाइस सेवा अब अझै सुलभ

आइतवार, मंसिर १०, २०७४

loading...


काठमाडौं । एनसेलप्रा. लि. ले आफ्नाप्रिपेड ग्राहककालागि चार नयाँ भ्वाइस प्याकहरु ल्याएको छ, जस अन्तर्गत एनसेलका ग्राहकले अब अझै सुलभ दरमा भ्वाइस सेवाको फाइदालिन सक्छन् । नयाँ भ्वाइस प्याकका साथ एनसेलका ग्राहकले अब एक महिनामा७०० मिनेट सम्मको भ्वाइस सेवा प्रयोग गर्न सक्छन् ।

नयाँ भ्वाइस प्याकहरु यहिबिहीवार (मंसिर ०७) देखि ९० दिनको लागि संचालनमा आएको छ । यी नयाँ प्याकहरु अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस सेवाको आवश्यकता अनुसार दैनिक, साप्ताहिक तथा मासिक प्याकहरु सुचारु गर्न सक्छन् । साथै ग्राहकले अब तीनदिने भ्वाइस प्याकपनि सुचारु गर्न सक्छन् ।

दैनिक भ्वाइस प्याक अन्तर्गत ग्राहकले कर सहितमात्र रु १५ मा २० मिनेट अननेट टक टाइम खरिद गर्न सक्छन् । साप्ताहिक भ्वाइस प्याकमा कर सहित रु ७० मा १२० मिनेट टक टाइम लिन सक्छन् । त्यसैगरी ग्राहकले रु ३० मा ५० मिनेट टक टाईम रहेको तीनदिने भ्वाइस प्याकखरिद गर्न सक्छन् । नयाँ मासिक भ्वाइस प्याकमा ग्राहकले रु ३०० मा ७०० मिनेट टक टाइम प्राप्त गरी मात्र ४३ पैसा प्रति मिनेटको दरमा भ्वाइस सेवाको मजालिन सक्छन् ।

दैनिक भ्वाइस प्याकको समयावधि २४ घण्टाको रहेकोछ । त्यस्तै साप्ताहिक भ्वाइस प्याकको समयावधि ७ दिन, तीनदिने प्याकको ३ दिन र मासिक भ्वाइस प्याकको ३० दिन रहेको छ । प्याकमा उल्लेख गरिएको समयावधिवा टक टाइम सकिएपछि विद्यमान शुल्क लागु हुनेछ । विद्यमान शुल्क अनुसार एनसेल नेटवर्क भित्र कलगर्दा कर सहित रु २.५० प्रतिमिनेट शुल्क लाग्दछ । भ्वाइस प्याकअन्तर्गतका टक टाइम एनसेल नेटवर्क भित्रमात्र लागु हुनेछ ।

पहिला नै संचालनमा रहेका भ्वाइस प्याकहरु यथावत रहेकाछन् । ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकता अनुसार जति पटक पनि यी प्याकहरु लिन सक्छन् । एनसेलका ग्राहकले युएसएसडी, आइभिआर, एसएमएस, एनसेल एपकुनै पनि माध्यमबाट भ्वाइस प्याकखरिद तथा सुचारु गर्न सक्नेछन् ।

ग्राहकलाई थप सुविधा प्रदान गर्दैै आधारभुत भ्वाइस सेवामा चार नयाँ प्याकहरु ल्याउन पाउँदा हामीनिकै हर्षित छौ,’’ एनसेलकाकर्पोरेट सर्भिसेज निर्देशक प्रणय आचार्यले भने । “सुलभ दरमा गुणस्तरीय सेवाप्रदानगर्ने हाम्रो प्रतिवद्घताअनुरुपयीप्याकहरु ल्याइएको होे ”आचार्यले भने ।

एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले एस्ट्रिक्स् १७११८ ह्यास डायल गरी प्राप्त जानकरी अनुसार आफ्नो आवश्यकता बमोजिमको भ्वाइस प्याक सुचारु गरी लाभलिन सक्छन् । आईभिआर मार्फत यो सेवा सुचारु गर्नका लागि १७११८ डायल गरी प्राप्त जानकारी अनुसार सेवा सुचारु गर्न सकिन्छ । त्यस्तै ग्राहकले १७११८ माआफुले लिनचाहेको प्याकको मुल्य टाइप गरि एसएमएस पठाएर पनि यो सेवा सुचारु गर्न सक्छन् ।

उदाहरणका लागि दैनिकप्याको लागिग्राहकले १५ लेखि, साप्ताहिकभ्वाइस प्याकको लागि७० लेखि,मासिकभ्वाइस प्याकको लागि ३०० लेखि र तीनदिने भ्वाइस प्याकको लागि ३० लेखि १७११८ माएसएमएस गर्न सक्नेछन् ।

एनसेलका ग्राहकले एस्ट्रिक्स् ९०१ ह्यास डायल गरी आफ्नो प्याकमाबाँकि रहेको टक टाइमको बारेमा जानकारी लिन सक्छन् । त्यस्तै ग्राहाले आफ्नो मेसेज बक्समागई अंग्रेजीमा ‘एस’ लेखि १७११८ माएसएमएस पठाई आफ्नो प्याकको बाँकि समयावधिको बारेमा जानकारी लिनपनि सक्छन् ।

212 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janamat health right side janta bank janata bank