एनसेलले ल्यायो योण्डर म्युजिक एप

शुक्रबार, जेष्ठ १२, २०७४



काठमाडौ । एनसेलले गीत–संगीतका पारखीहरुलाई लाखौं गीतहरुमाः शुल्क पहुँचको अबसर प्रदान गर्दै योण्डर म्युजिक एप नामक नयाँ डिजिटल प्लाटफर्म सार्वजनिक गरेको छ । ग्राहकले अब धेरै भन्दा धेरै गीतहरु सुन्न तथा डाउनलोड गर्न सक्नेछन् । एनसेलले अमेरिका अवस्थित योण्डर म्युजिक ईङं्कसँग सहकार्य गर्दै आफ्ना ग्राहककालागि नेपालमा योण्डर म्युजिक एपल्याएको हो ।

योण्डर म्युजिकएप सबै भन्दा धेरै नेपालीगीतहरु समावेश रहेको डिजिटल म्युजिक लाइब्रेरी हो । एनसेलका ग्राहकले आज शुक्रबारदेखी विविध विषेशताले भरिएको यो एप डाउनलोड गरी रोमाञ्चक सांगीतिक यात्राको लाभलिन सक्नेछन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले यो म्युजिक एप सजिलै आफ्नो मोबाइलफोनमा डाउनलोड गरी पुराना देखि हालका लोकप्रिय कुनै पनि विधाका नेपालीगीत तथ ाअन्तर्राष्ट्रिय गीत–संगीतहरुको अनलाइन तथा अफलाइन मजालिन सक्नेछन् ।

यस योण्डर म्युजिक एप अन्तर्गत ग्राहक तथा प्रयोगकर्ताले विनाकुनै विज्ञापन तथा सदस्यताशुल्क २ करोड भन्दा बढि नेपाली र अन्तर्राष्ट्रिय गीत–संगीतहरुको लाइब्रेरीमा पहुँच पाउनेछन् र सहजै आफुलाई मनपर्ने गीतहरु अनलाइन सुन्न तथा डाउनलोड गरी अफलाइन सुन्न सक्नेछन् । मोवाइल डेटा प्रयोग गरी गीत डाउनलोड गर्दा विद्यमान डेटा शुल्क लाग्नेछ ।

शुरुमाअन्य नेटवर्कमा पनिउपलब्धभएपनि सार्वजनिक भएको एक महिना पछि यो एपएनसेलको नेटवर्कमा मात्र उपलब्ध हुनेछ । अर्थात् एक महिनापश्चात एनसेलका ग्राहकले मात्र यो एपमा रेजिस्टर गरी यसको प्रयोग गर्न सक्नेछन् ।

ग्राहकले गुगलएप स्टोर तथा एप्पल एप स्टोरबाट यो एप डाउनलोड गर्न सक्न्छन् । एपमा रेजिष्ट्रे«शन पश्चात वाइफाइवा मोबाइल डेटा दुबै माध्यमबाट गीतहरु डाउनलोड गर्न सकिनेछ ।

यस एपमा स्न्यापक्याराओके जस्तो अन्तत्र्रिmयात्मक विषेशता रहेको छ, । यसमा ग्राहकले आफुलाई मन पर्ने गीतको ट्रयाकमा गीत गाएर आफ्नो क्याराओके भिडियो पनि बनाउन सक्नेछन् र २९ सेकेण्ड सम्मको भिडियो अरु योन्डर एप प्रयोगकर्ता तथा सामाजिक सञ्जालहरुमा पनि शेयर गर्न सक्नेछन् ।

यो नयाँ सहकार्य अन्र्तगत, योण्डर नेपाल (योण्डर म्युजिक को सहायककम्पनी) ले प्रस्तोता, रचनाकार तथा संगीतकारहरुलाई रोयल्टी प्रदानगर्नेछ । नेपालीगीत–संगीत क्षेत्रको प्रवर्धन तथाविकासमा योगदानगर्ने उद्देश्य अनुरुप एनसेलले पनि पिआरबिटी सेवाअन्तर्गत रोयल्टी प्रदानगर्दै आएको छ ।

Yonder Music Logo

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments