शनिबार एनसेल मेला हेर्न जाउलाखेल जाअाैं ,चर्चित कलाकारहरुका साथमा रमाअाैं

शुक्रबार, पुस २८, २०७४



काठमाडौं । एनसेलले शनिबार जाउलाखेल मैदानमा मेला आयोजना गर्दै छ । एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग खुशीयाली साटासाट गर्न र दु्रत गतिको मोबाइल ब्रोडव्याण्ड सेवा (लङ्ग टर्म इभोलुसन) फोरजीको अनुभव प्रदान गर्न, शनिबार (पुष २९) ललितपुरको जाउलाखेल फुटबल मैदानमा एनसेल मेला २०७४ आयोजना गर्न लागेको जनाएको छ।

विराटनगर र पोखरामा भव्य आयोजनापश्चात यो मेला विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुसहित जाउलाखेलमा आयोजना गर्न लागिएको हो ।

गीत(संगीतलगायत सबै उमेर समूहका दर्शक तथा आगन्तुकहरुका लागि विविध रोचक कार्यक्रमहरु समावेश गरिएको यो मेला बिहान ११ बजे सुरु भई कन्सर्टसहित साँझ ६ बजे सम्म चल्ने छ । चर्चित कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आशिष राना (लाउरे), चर्चित सांगीतिक समूहहरु कबवेभ र द एजले मेलामा सहभागी सबै दर्शकलाई आ(आफ्ना प्रस्तुतिहरु मार्फत मनोरञ्जन प्रदान गर्नेछन् ।

मेलाको अरु आकर्षणहरुमा विभिन्न गेम स्टलहरु, किडस् जोन, फोरजी जोन र फुड स्टलहरु पनि रहेनछन् । एनसेल मेलामा स-साना बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ आइडल’ कार्यक्रमको आयोजना गरिनेछ । त्यसै गरी बालबालिकाका लागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायतविविधआकर्षणहरु रहनेछन् ।

‘पोखरा र विराटनगरमा भव्य रुपमा मनोरञ्जन प्रदान गर्न सफल एनसेल मेलाले काठमाडौं उपत्यकामा पनि दर्शकहरुलाई आ(आफ्ना साथीभाई र परिवारजनसँग खुशीयाली साट्न राम्रो अवसर प्रदान गर्ने कुरामा हामी विश्वस्त छौं’, एनसेलका कर्पोरेट सर्भिसेज् निर्देशक प्रणय आचार्यले भन्नुभयो, ‘मेलामा आगन्तुकहरुले कम्पनीले २१ शहरमा प्रदान गर्दै आएको देशकै वृहत नेटवर्क भएको फोरजी सेवालगायत अन्य सेवा र सुविधाहरुका बारेमा पनि जानकारी लिन सक्नेछन् ।”

यस अघि एनसेलले पोखरामा पुस ८ गते र विराटनगरमा पुस १५ गते एनसेल मेला २०७४ को आयोजना गरेको थियो । पोखराबाट सुरु भएको यो एनसेल मेला २०७४ शनिबार ललितपुरको जावलाखेल मैदानमा आयोजनापश्चात समापन हुनेछ ।

220 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank