एनसेलले शुरु गर्यो फोरजी /एलटिई सेवा

बिहिबार, जेष्ठ १८, २०७४



काठमाडौं । एनसेलका ग्राहकले अब चौथो पुस्ताको मोवाइल सेवा फोरजी÷ लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा लिन सक्नेछन् । एनसेलले नवीन प्रविधिहरु भित्र्याउँदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदानगर्ने आफ्नो प्रतिवद्धता बमोजिम आफ्ना ग्राहकलाई उच्चगतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पु¥याउन फोरजी सेवा सुचारु गरेको जनाएको छ ।

फोरजी सेवाचल्ने नयाँ सिमकार्ड लिएका तथा फोरजीचल्ने मोवाइल भएका सबै एनसेल ग्राहकले यही आजबाट काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवाको लाभलिन सक्नेछन् । प्रविधि तटस्थताको अनुमति अन्तर्गत कम्पनीले आफ्ना ग्राहकलाई यो सेवा उपलब्ध गराएको हो, जसले बहुप्रतिक्षित उच्चस्तरिय डेटा सेवामा ग्राहकको पहुँच सुनिश्चित गर्ने छ ।

आगामी ७ महिना सम्ममा (अर्थात् सन् २०१७ को अन्त्य सम्ममा) कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पु¥याउने लक्ष्यलिएको छ । यसकालागिकम्पनीले देशका विभिन्न ४० शहरहरुमा फोरजी सेवा सुचारु गर्ने योजनासहित नेटवर्क परीक्षण गरीरहेको छ । फोरजी÷एलटिई प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्चगतिको इन्टरनेट सेवा उपलब्धहुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभासमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदानगर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्नेछन् ।

फोरजीसेवाको लाभ लिनकालागि ग्राहकले आफूले प्रयोग गरीरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमागई फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सक्छन् । नयाँग्राहकले फोरजीसिमनै प्राप्तगर्नेछन् ।

नयाँ प्रविधिमा आधारित सेवा संचालनमा ल्याएको अबसरमा बिहीबार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई ३ दिन समयावधिरहेको १ जिबी डेटा भोल्युम निःशुल्क प्रदानगर्ने जनाएको छ । साथै असार १६ गतेसम्म फोरजी सेवालिने ग्राहकले भर्खरै सार्वजनिक भएको योण्डर म्युजिक एपमा फोरजी सेवालिएको ३० दिन सम्म निःशुल्क अनलाईन गीत सुन्न सक्नेछन् । यस बाहेक कम्पनीले चाँडै नै डिभाइस सर्भिस बण्डलिङ्गमा आकर्षक अफर तथा निःशुल्क रुपमा अनलिमिटेड फिल्ममा पहुँचहुने जस्ता रोचक योजनाहरु ल्याउने छ ।

ब्रोडब्याण्ड नीतिले सन् २०१८ भित्र देशको ४५ प्रतिशत घरधुरीमा र सन् २०२० भित्रमा देशका सबै गाउँविकास समितिहरुमा ब्रोडव्याण्ड सेवा पुर्याउने लक्ष्य राखेको छ । हाल एनसेलले १ करोड ५० लाखभन्दा बढि ग्राहकलाई गुणस्तरीय मोबाइल सेवा र ६० लाखभन्दा बढि ग्राहकलाई डेटा सेवा प्रदानगर्दै आएको छ । एनसेलले सन् २०१० देखि नै फोरजी÷एलटिई संचालनकालागि फ्रिक्वेन्सी प्रदानगर्न अनुरोध गर्दै आएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments