काठमाडौंका दुई एनसेल टावरमा आगजनी

मङ्लबार, पुस २९, २०७६



काठमाडौं । काठमाडौंका दुई एनसेल टावरमा अज्ञात समूहद्वारा आगजनी गरिएकाे छ ।  देशका दुरदराजमा अज्ञातसमूहद्वारा आगजनी भन्ने खबर आइरहँदा पछिल्लो पटक काठमाडौंका दुई एनसेल टावरमा आगजनी भएको हो ।

सोमबार राति काठमाडौंको दक्षिणकाली नगरपालिका-८ छैमलेमा रहेको एनसेल टावरमा आगजनी भएको हो । त्यस्तै काठमाडौंकै तारकेश्वर नगरपालिकाको जितपुर फेदीमा रहेको अर्को टावरमा पनि सोमबार राति नै आगजनी भएको  प्रहरीले जनाएकाे छ । स्थानीयले  राती टावरमा ठूलो आगो देखिएको बताएका थिए । आगजनीका कारण सेवा अबरुद्ध भएको सेवाग्राहीको गुनासो रहेको छ ।

नेत्र विक्रम चन्द नेकपा समूहले एनसेलले राजस्व छलि गरेको भन्दै एनसेलको टावरमा आगजनी गर्दै आएको भए पनि हिजो राती भएको आगजनीको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments