सीप्यान क्रिकेट अवार्ड २०१९ आज हुदै

मङ्लबार, फाल्गुन २१, २०७५



काठमाडौं । क्रिकेट खेलाडी संघ (सिप्यान) को आयोजनामा हुने पहिलो ‘सीप्यान क्रिकेट अवार्ड २०१९’ आज हुदैछ ।

काठमाडौंमा हुने कार्यक्रममा क्रिकेटका विभिन्न विधामा पहिलो पटक अवार्ड वितरण गर्न लागिएको हो । वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला र उदयीमान क्रिकेट खेलाडी विधामा अवार्ड वितरण गरिनेछ ।

त्यस्तै, २०१८-२०१९ मा उत्कृष्ट मोमेन्ट अफ द इयर र लाईफटाइम अचिभमेन्ट अवार्ड पनि रहेका छन् । मोमेन्ट अफ द इयरको १० उत्कृष्ट क्षण यसअघि नै सार्वजनिक भइसकेको छ भने लाईफटाइम अचिभमेन्ट अवार्डबाट एक जना पुरस्कृत हुने छन् ।

वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला र उदयीमान क्रिकेट खेलाडी विधामा यसअघि नै ५-५ खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।

वर्ष क्रिकेट खेलाडी पुरुष विधामा पारस खड्का, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामी छन् ।

त्यस्तै, वर्ष क्रिकेट खेलाडी महिला इन्दु शर्मा, करुणा भण्डारी, रुविना क्षेत्री, सरिता मगर र सीता रानामगर मनोनयनमा परेका छन् ।त्यस्तै, उदयीमान क्रिकेट खेलाडीको अवार्डमा सन्दीप जोरा, अविनाश बोहरा, कविता कुँवर, ललितनारायण राजवंशी र रोहितकुमार पौडेल मनोनयनमा छन् ।

पाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा, महिला टिमका प्रशिक्षक विनोद दास, अम्पायर विनयकुमार झा र दुर्गानाथ सुवेदी तथा खेलकुद पत्रकार मञ्चका प्रतिनिधिहरु सरिता श्रेष्ठ र सुवास हुमागाई र टेक्निकल कोअर्डिनेटर रमन शिवाकोटी रहेको एक प्राविधिकको छनौट समितिले तीन विधाका ५-५ खेलाडीको मनोनयन गरेको हो ।

वर्ष क्रिकेट खेलाडी पुरुषको पुरस्कार राशी १ लाख ३२ हजार रुपैयाँ छ भने वर्ष क्रिकेट खेलाडी महिला र उदयीमान क्रिकेट खेलाडीको पुरस्कार राशी ६६ हजार रुपैयाँ रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank