प्रदेश-५ मा नयाँ शक्तिको बैकल्पीक सरकार गठन

बुधबार, चैत्र १४, २०७४



काठमाडौं । प्रदेश ५ मा नयाँ शक्ति पार्टी नेपालले बैकल्पिक सरकार गठन गरेको छ । नयाँ शक्तिको नेपालगञ्जमा सम्पन्न भएको बैठकले नागरिकका समस्यालाई सहज ढंगले समाधान गर्ने भन्दै समानान्तर सरकारका रुपमा बैकल्पिक सरकार गठन गरेको हो ।

नयाँ शक्ति पार्टीको बैकल्पीक सरकारको प्रमुखमा कर्णध्वज केसी  चयन भएका छन् । उक्त बैठकबाट ६ सदस्यीय मन्त्रिपरिषद् समेत गठन गरिएको छ । बैकल्पिक सरकारका मन्त्रालयका रुपमा नयाँ शक्ति पार्टीले विभिन्न विभागहरु गठन गरेको छ । जसमा आन्तरिक मामिला तथा कानून विभाग प्रमुखमा चिनक कुर्मी, भूमि व्यवस्था तथा कृषि सहकारी विभागमा राजु नेपाली रहेका छन् ।

यस्तै उद्योग, पर्यटन तथा वातावरण विभाग प्रमुखमा वेद प्रकाश आचार्य, सामाजिक विकास विभाग प्रमुखमा सीमा बिक र भौतिक पूर्वाधार विकास विभागमा राम लौटन तिवारीलाई नियुक्त गरिएको नयाँ शक्ति पार्टी नेपाल नेपालले जनाएको छ ।

142 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank