ओली सरकारको पुनर्गठित नयाँ मन्त्रीमण्डल (सूचीसहित)

बिहिबार, मंसिर ५, २०७६



काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले  गएराति मन्त्रीमण्डल पुर्नगठन गरेका छन् । पुर्नगठनपछि नयाँ मन्त्रीहरुको सूची राष्ट्रपति कार्यालयले बुधबार  सार्वजनिक गरेको हो ।

प्रधानमन्त्रीले सार्वजनिक गरेका सूचीअनुसार संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, श्रममन्त्री गोकर्ण बिष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, उद्दोग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणी खनाल, कृषिराज्यमन्त्री रामकुमारी चौधरी हटाइएका छन् । महासेठ, बिष्ट, थापा र पण्डित पूर्व एमालेबाट मन्त्री बनेका हुन् । यादव, खनाल र चौधरी पूर्व माओवादी कोटाका हुन् ।

यसैगरी उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयमा पठाइएको छ । ओली मन्त्रिमण्डलमा नयाँ मन्त्रीहरुले सपथ खाँदैछन् । जसमध्ये घनश्याम भुषाल पहिलोपटक मन्त्री बनेका छन् । यस्तै वसन्त नेम्वाङ पहिलोपटक मन्त्री बनेका छन् । पूर्व माओवादीबाट लेखराज भट्टको प्रवेश भएको छ ।

सूर्य चिन्ह लिएर चुनाव लडेका मधेश केन्द्रित नेताहरु हृदयश त्रिपाठी र रामेश्वर राय यादव पनि मन्त्री बनेका छन् । त्रिपाठीलाई वरियतामा पाचौं नम्बरमा राखिएको छ । त्रिपाठीलाई सामान्य र यादवलाई श्रम मन्त्री बनाइएको छ ।

मन्त्रीबाट नहटेको र जिम्मेवारी हेरफेर नभएकामा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री वर्षमान पुन, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, सञ्चारमन्त्री गोकुल बास्कोटा, वनमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री डा. युवराज खतिवडा, सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार, भूमी व्यवस्थामन्त्री पद्यमाकुमारी अर्याल र खानेपानीमन्त्री बीना मगर छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनःगठन र कार्यविभाजन हेरफेर गरेकी हुन् । नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान ११ बजे शपथ हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata