मोदीलाई प्रभाव पार्न नयाँ गेटअपमा ओली

शुक्रबार, बैशाख २८, २०७५



 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर स्वागत गरिसकेका छन् । प्रधानमन्त्री भएपछि ओली पहिलो पटक नयाँ ‘गेट अप’मा देखिएका छन् । जानकी मन्दिरमा पुग्दा प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीकै गेटअपमा देखिएका थिए । मोदीको स्वागतका लागि भारतीय राजनीतिक दलका नेताले प्रयोग गर्ने कुर्ता पाइजामा प्रधानमन्त्री ओलीले राजेका छन् । अघि–पछि दौरा सुरुवालमा देखापर्ने ओली कुर्ता, पाइजामा र गम्छामा देखिएका थिए । संघीय प्रहरी कार्यालय हेलिकोप्टर अवतरण गरेर मन्दिर पुगेका ओलीलाई महन्थले माला लगाएर स्वागत गरेका थिए ।

40 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank