अमेरिकामा कोरोना संक्रमणबाट नवजात शिशुको मृत्यु

सोमवार, चैत्र १७, २०७६



एजेन्सी । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नवजात शिशुको मृत्यु भएको छ । बीबीसीका अनुसार अमेरिकाको सिकागोमा कोरोनाको संक्रमणबाट शनिबार नवजात शिशुको मृत्यु भएको हो ।

अमेरिकामा कोरोना संक्रमणबाट नवजात शिशुको मृत्यु भएको यो पहिलो घटना हो । इलोनिस डिपार्टमेन्ट अफ पब्लिक हेल्थका निर्देशक न्गोज एजिकेले शिशुको मृत्युको विषयमा पूर्णरुपमा अनुसन्धान भइरहेको बताएका छन् ।

चार साता अघि चीनको वुहानमा पनि १० महिनाको शिशुको कोरोनाको संक्रमणबाट मृत्यु भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments