सरिफले पाए स-सर्त विदेश जाने इजाजत

बुधबार, कार्तिक २७, २०७६



एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले पूर्वप्रधानमन्त्री नवाज शरीफलाई उपचारका लागि विदेश जान अनुमति दिने निर्णय गरेको छ । यद्दपी पूर्वप्रधानमन्त्री सरिफ उपचारपछी स्वदेश फर्किएर मुद्दाको सामना गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुपर्नेछ ।

 पाकिस्तानको रेल–मन्त्री शेख राशिद अहमदका अनुसार शरीफलाई मन्त्रिपरिषदको अधिकांश सदस्यले स-सर्त विदेश जाने अनुमति दिएको हो  । यससँगै  शरीफको नाम विदेश जान नपाउने व्यक्तिहरुको सूचीबाट झिकिएको छ ।

पाकिस्तान मुस्लिम लिग(नवाज)का प्रमुख शरीफ शुक्रबार चिकित्सकको सल्लाह र परिवारको आग्रह स्वीकारेर उपचारको लागि ब्रिटेन जान सहमत भएका थिए । उनले आइतबार पाकिस्तान इन्टरनेशनल एयरलायन्सको उडानबाट लण्डन जाने प्रयास पनि गरेका थिए । तर उनको नाम प्रतिबन्धित व्यक्तिको सूचीमा भएको कारणले उनी ब्रिटेन जान पाएनन् ।

पछिल्ला दिन नवाज शरीफको प्लेटलेट्सको संख्या २४ हजार तल गएको थियो । डाक्टरका अनुसार हवाई यात्राकालागि योग्य हुन बिरामीको प्लेट्लेट्सको संख्या ५० हजार हुनुपर्छ । अहिले डाक्टरहरुले प्लेटलेट्स बढाउने प्रयत्न गरिरहेका छन् ।

सन् २०१८  डिसेम्बर २४ मा पाकिस्तानको अदालतले अल अजीजिया स्टील मिल्स भ्रष्टाचार मुद्दामा शरीफलाई सात वर्षको जेल सजाय सुनाएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata