पाकिस्तानी पूर्व प्रधानमन्त्री शरिफ पार्टी प्रमुखमा अयोग्य ठहर

बिहिबार, फाल्गुन १०, २०७४



काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले त्यहाँका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई पार्टी प्रमुख पदका लागि अयोग्य ठहर गरेको छ। गत वर्ष भ्रष्टाचारका अभियोग माझ शरिफलाई देशको प्रधानमन्त्रीबाट हट्न आदेश दिइएको थियो।

शरिफले भने आफूमाथि लागेको भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका छन्। अदालतले यसअघि कार्यालय छोड्नुले नै उनलाई पार्टीको नेतृत्व गर्न अयोग्य बनाएको भनि निर्णय सुनाएको छ।शरिफ पार्टी प्रमुख हुँदा माथिल्लो सदन चुनावका लागि मनोनित गरेका उम्मेदवारसहित उनले गरेका सबै निर्णयहरू अमान्य घोषित भएका छन्।

प्रधानन्यायाधीश शकिब निसरले भने, ‘पिएमएल एन पार्टीको अध्यक्षबाट नवाज शरिफलाई हटाउन निर्वाचन आयोगलाई निर्देशन दिइएको छ।’ ‘त्यसको परिणाम स्वरूप नवाज शरिफले गरेका सबै निर्णय र उनले चालेका सबै कदमहरू कहिल्यै भएका थिएनन् भन्ने हो।’ अदालतको यो निर्णय शरिफमाथिको एउटा धक्का हो जसले निरन्तर रूपमा राजनीतिक षडयन्त्रको पीडित भएको दाबी गर्छन्।

अहिले भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने अदालतमा उनीका परिवारको सम्पत्तीबारे जाँचबुझ भइरहेको छ। उक्त मुद्दामाथि अर्को महिना सुनुवाई हुन लागेको छ। तल्लो सदनमा पिएमएल(एनको बहुमत छ र अब हुने माथिल्लो सदनको चुनावमा पनि उसैले जित्ने ठानिएको छ।

बीबीसी

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank