सरकार विरुद्ध नेविसंघको प्रदर्शन

आइतवार, फाल्गुन १८, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आइतबार सरकार विरुद्ध प्रदर्शन गरेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसनमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारबाही सहित विभिन्न माग गर्दै नेविसंघले देशभर प्रदर्शन गरेको हो ।

a

नेविसंघ त्रिभुवन विश्व विधालयका सचिव योगेन्द्र रावलले स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न, ललिता निवास जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्न तथा इन्धन र पुस्तकमा लगाइएको अतिरिक्त कर खारेज गर्न को लागि आन्दोलनमा उत्रनु परेको बताए । कोणसभालाई त्रिभुवन बिश्वविधालय पुर्व स्वबियु सभापति भिम सिरिज र युवा नेता मनिस सिजापतिले सम्बोधन गरेका थिए ।

स्ववीयु निर्वाचनको तालिका सार्वजनिक गर,इन्धनमा लगाइएको अतिरिक्त कर फिर्ता गर,ललिता निवास प्रकरणको निश्पक्ष छानविन गर,पुस्तक माथि लगाइएको कर फिर्ता गर भन्दै चर्काे नारा सहित प्रर्दशन गरिएको थियो । काठमाडौंको त्रिभुवन विश्व विद्यालय,आरआर क्याम्पस नेपाल ल क्याम्पस सहित उपत्यका विभिन्न क्याम्पसमा प्रदर्शन गरिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments