नवजोत सिंह सिद्धूले दिए राजीनामा !

आइतवार, असार २९, २०७६



नयाँ दिल्ली । नवजोत सिंह सिद्धूले पन्जाव मन्त्री परिषदको सदस्यबाट राजीनामा दिएका छन् । काँग्रेस नेता राहुल गान्धीलाई एक चिठ्ठी लेख्दै मन्त्री सिद्धूले राजीनामा दिएको बताएका हुन्  ।

उनले आफ्नो ट्वीटर एकाउन्टमा राहुल गान्धीलाई लेखेको चिठ्ठी सेयर गरेका छन् । उनले चिठ्ठीको फोटो अपलोड गर्दै लेखेका छन्, ” १० जुन २०१९ को काँग्रेस अध्यक्ष राहुल गान्धी जीलाई पठाएको – मेरो चिठ्ठी ।

सिद्धूले पहिले स्थानीय स्वशासन विभाग सम्हालेका थिए तर अहिले उनको भागमा उर्जा तथा नवीन एवम् नवीकरणीय उर्जा विभाग परेको थियो । विगत केहि समयदेखि मन्त्री सिद्धूले नयाँ विभागको कार्यभार सम्हाल्न अनिच्छुक रहँदै मन्त्रालयमा अनुपस्थित रहँदै आएका थिए । मन्त्री सिद्धूको मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहसँग मनमुटाव भएसँगै उनी कुनै पनि मिटिङमा  उपस्थित भइरहेका थिएनन् ।

मन्त्री परिषदको बैठकमा अनुपस्थित हुने कार्यले सिद्धूको चर्को आलोचना हुँदै आइरहेको थियो । उनको राजीनामासँगै विभिन्न कोणबाट भइरहेको आलोचना सेलाउने लक्षण देखिएको छ ।

बताइएको छ कि सिद्धूले राजीनामा पत्र राज्यपालको सामू बुझाउनुपर्थ्यो । उनले लेखेको राजीनामा पत्र  राहुल गान्धीको नाममा रहेसँगै पन्जाव राजनीतिमा नयाँ हलचल पैदा भएको छ । कानुनन सिद्धूको राजीनामा स्वीकृत हुन् राज्यपाल सामू नै सिद्धूको राजीनामा पत्र हुनुपर्ने छ । उनले गान्धीलाई राजीनामा दिनुले क्याप्टेन अमरेन्दर सिंह र उनको बीचमा गान्धीको मध्यस्तता हुन सक्ने अड्कल काटिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata