नौबिसे फाँटदेखि चाबहिलसम्मको यात्रा !

आइतवार, पुस ८, २०७५

- सीता ओझा



काठमाडौं । तीन महिना अघि, नौबिसे फाँटमा संञ्चालित किशोरी कथा लेखन कार्यशालाको सुखद परिणाम स्वरूप यहि पौष ४ गते चावहिलको ए वन पाटी प्यालेसमा आयोजित कथा पुस्तक लोकार्पण कार्यक्रमको आयोजनाले सबैलाई रोमान्चित बनायो ।

गत भदौ १५,१६ र १७ गते पनौतीको नौबिसे फाँटमा महिला अध्ययन केन्द्र र बालवाङ्मय तथा अनुसन्धन केन्द्रको सहकार्यमा दस जना महिला लेखकहरूलाई कथा लेखन सीप तथा किशोरीका समस्या तथा महिला हिंसाका विरूध्द कथा र साहित्यको माध्यमबाट समाजमा किशोरी महिला माथि हुने हिंसा अन्तय गर्ने उदेश्यले कथा लेख्ने विषयवस्तु तथा महिला सशक्तीकरणका विषयमा अभिमुखीकरण कार्यशाला गरिएको थियो । लेखनलाई तथ्य र घटनामा केन्द्रित गर्न विभिन्न समयका महिला माथि भएका र हुने गरेका हिंसाका घटनाहरूका बारेमा घटना अध्ययन पनि गरिएको थियो ।

लेखन अभियानका लेखकहरू महिला अधिकारकर्मी , सामाजिक आर्थिक रूपान्तरणका अभियान्ता तथा स्थापित कथाकार भएकाले कथा लेखनको विषय पहिचान गर्न , शव्द र वाक्य संरचना निर्माण तथा कथा लेखनमा जोड दिइयो । पनौती नौविसे डाँडामा आयोजित कार्यशालाका कथा लेखन तथाs सम्पादनका सहजकर्ता विनय कसजू तथा धुलिखेल अस्पतालका सहायक प्राध्यापक तथा बालकथाका पुस्तक तथा यौन शिक्षाका पुस्तकका लेखक डाक्टर सुमन राज ताम्राकारले कथा लेखन सीप, किशोरीका समस्या तथा महिला स्वास्थ्य तथा यौन समस्याबारे सहजीकरण गर्न सहयोग गरे ।

कार्यशालामा पुस्तकालय विज्ञ तथा बालसाहित्य लेखक इन्दिरा दली, किशोर उपन्यास तथा बालपुस्तक लेखक गंगा पौडेल कर्माचार्य, बालसाहित्य सजर्क गंगादेवी कसजू, महिला अधिकारकर्मी तथा सामाजिक रूपान्तरणका अभियान्ता, समाजसेवी सीता ओझा तथा रम्भा पौडेल राजनीतिक कार्यकर्ता तथा जनप्रतिनिधि निर्मला पुडासैनी, बालसाहित्य सर्जकहरू मंजु ज्ञवाली र शान्ति सापकोटा, किशोरीहरू ( छात्राहरू ) सुजाता मैनाली र प्रमिला उप्रेती गरि दस जना सहभागी रहेका थिए।

कार्यशालाकै अवधिमा अधिकांश कथाकारहरूले कथा तयार पारिसक्नु भएको थियो । ती कथाहरूको कथा वस्तु संयोजन र सम्पादन विनय कसजूबले गरे । भाषा र साहित्यको सम्पादन डा तथा उप प्राध्यापक गणेशराज अधिकारीले गरे र करिब साडे तीन महिनाको अबधि लगाएर दस जना लेखकले लेखेका बीस वटा कथा दुइटा पुस्तक, किशोरी कथा भाग एक र दुई बजारमा आएका छन । यी दुबै किशोरीहरूका साथै अभिभावकहरूको अध्ययनका लागि तयार पारीएको अध्ययन सामाग्रहरू हुन ।दुबै पुस्तकको लोकार्पण वि स २०७५ पौष ४ गते काठमाडौं पालिका वडा नं सातको संयोजन तथा महिला अध्ययन केन्द्रको आयोजनामा मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा संयुक्त रूपमा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भयो ।

kisori

लोकार्पण कार्यक्रममा महिला अध्ययन केन्द्रका अध्यक्ष सीता ओझाले लेख्नु भएको नाटक मौनताको अन्त्य (सार्वजनिक यातायातमा हुने महिला हिंसा विरूद्दको जागरणसँग सम्बन्धित रहेको छ ।

साथै उक्त नाटक मौनताको अन्त्यको मञ्चन महिला हिंसा विरूद्द स्थापना भएको संस्था महिला सुरक्षा दवाव समुहको युवा महिला नेता निर्मासमुहले गरेको थियो । पुस्तक लोकार्पण तथा सम्मान कार्यक्रममा आयोजकहरूले वि स २००४ साल कि नेपाल महिला संघकी महासचिव स्नेहलता ओन श्रेष्ठ महिला अन्दोलनकी नेत्री स्नेहलता श्रेष्ठले उक्त नाटकको भिडियो शुभारम्भ गरेका थिए ।

कथाका पुस्तकको समिक्षा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्राज्ञ जगत उपाध्याय र उपप्राध्यपक डा‍‍ गणेशराज अधिकारीले गर्नु भएको थियो । यो कार्यक्रममा समाजमा आमाको महत्व बढाउने मोहनमणी आचार्य किशोरी कथा लेखनको तरतम्य मिलाई दिने पनौनी नौविसेका ध्रुव कुवँर र वि स २०७४ मा नपालको पुर्वि तराईमा भएको विपत बाढीमा महिला अध्ययन केन्द्र मार्फत गरेको सहयोगका सहयोगी चन्द्रगिरी नगरपालिका बसोबास गर्न रघुनाथ केसीलाई सस्थाको तर्फबाट सम्मान गरिएको थियो ।

लोकार्पण कार्यक्रमको अध्यक्षता महिला अध्ययन केन्द्रका अध्यक्ष सीता ओझा,सञ्चालन महासचिव हेमलता मुडभरी स्वागत उपाध्यक्ष प्रभा बज्राचार्य र धन्यवाद संस्थाका कोषाध्यक्षले गरेका थिए ।

442 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank