महात्मा गान्धीका हत्यारा नाथुराम

शनिबार, माघ १, २०७३



आदरणीय पाठकवृन्द,

हामीले विश्वका चर्चित तर रह्यमयी व्यक्तीत्वहरुका लुकेका पाटाहरुलाई उजागर गर्दै आएका छौँ, व्यक्ती परिचयको शनिवारिय स्तम्भ मार्फत । व्यक्ती परिचय स्तम्भको छैठौँ अंकमा दुुई शान्ति र अहिंसाका प्रर्यावाची माहात्मा गान्धीको हत्या गर्ने नाथूराम गोडसेका विषयमा तयार पारिएको समाग्र प्रस्तुत गरेका छौँ ।

हुलाकका कर्मचारी वामनराव गोडसेका सुपुत्र नाथूराम बिनायकराव गोडसेको जन्म १९ मे १९१० मा भारतको पुणे जिल्लामा भएको थियो । जन्मको नाम रामचन्द्र राखिएको गोडसे भन्दा माथी तीन भाइ र एक बैनी मध्यमा तीनै भाइको मृत्यु हुनाले उनको नाम परिवर्तन गरियो ।

छोराहरु  जन्मिने बित्तिकै मृत्यु भएको हुनाले उनलाई छोरीको तरिकाले पालन गर्दै नाकमा नत्थी  लगाइयो । जसको कारण उनको नाम नाथूराम रहन गयो ।

गान्धीभक्त गोडसे कट्टर हिन्दू समर्थक थिए । सन १९३० मा आफ्ना पिताको जागिर सरुवा हुँदा रत्नागीरी जिल्ला पुगेका गोडसे आफ्नो पढाईलाई बिचैमा छोडदै हिन्दू राष्ट्रबादी संगठनको राष्ट्रिय स्वायंसेवक संघ र हिन्दू महासभासंग जोडिन पुगे ।

गोडसे एक मराठी पत्रिका अग्रणीको प्रकाशन गर्दै हिन्दूको प्रचार गर्दै थिए । गान्धीद्वारा मुसलमानहरुको बढी वकालत गरिएको महसुस गर्ने गोडसेले  अग्रणी पत्रिकालाई हिन्दूराष्ट्र बनाउँदै अगाडी बढ्दा उनको मनले भारत बिभाजनको कारण गान्धीलाई देख्न पुगे ।

nathuram-mahatmaफलस्वरुप: गान्धीप्रती रुष्ट गोडसेले ३० जनवरी १९४८ मा गान्धी माथी छातीमा तीन गोली दागी दिए ।

महात्मा गान्धी हत्याको अभियोगमा पुलीसद्वारा समातीएका गोडसे जाँचको दौरान  सिमलामा राखीए । ८  नोभेम्बर १९४९ मा अदालतले फाँसीको फैसला सुनाएको नाथूराम गोडसेलाई १५ नोभेम्बर १९४९ मा अम्बालाको जेलमा फाँसी दिइयो ।

गान्धीका हत्यारा गोडसेलाई  २०१४ पछी बनेको बिजेपी सरकारले एक देशभक्तको रुपमा  मान्यता दिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments