मंगल ग्रहमा गयो पहिलोपटक भूकम्प

शुक्रबार, बैशाख १३, २०७६



एजेन्सी । नासाद्वारा प्रक्षेपित रोबोटीक ल्याण्डर इनसाइट(NASA InSight) ले प्रथमपटक मंगल ग्रहमा भूकम्पको गएको संकेत देखाएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सीले दिएको जानकारी अनुसार ल्याण्डरको भूकम्प मापन यन्त्र ‘साइस्मिक एक्सपेरिमेन्ट फर इन्टेरियर स्ट्रक्चर(एसईआईएस)ले ६ अप्रिलमा सानो भूकम्पको धक्का महशुस गरेको हो ।

मंगलमा गएको भूकम्पको अडियो इलुसट्रेटेस:

त्यस दिन १२८ औं ‘मार्सियन डे’ परेको नासाले जनाएको छ ।१ मार्सियन डे भनेको मंगलग्रहको एक  दिन र एक  रातको एक चक्र हो । जो  २४ घण्टा, ३९ मिनेट र ३५.२२ सेकेन्डहो हुने गर्दछ ।

नासाले दिएको एक बयानअनुसार मंगलको भित्री तहमा भूकम्पको संकेत मिलेको यो पहिलोपटक हो । यसभन्दा पहिले मंगलको सतही भाग भन्दा माथी हावाको कारण भूकम्पीय संकेत मिल्ने गर्दथ्यो । तर यस पटक भित्री तहमै भूकम्पको संकेत देखिएको कारण वैज्ञानिकहरु डाटा जाँचमा तल्लिन रहेका छन् ।

This image of InSight's seismometer was taken on the 110th Martian day, or sol, of the mission.

This image of InSight’s seismometer was taken on the 110th Martian day, or sol, of the mission.

यस घटनाले मंगल ग्रहको भूकम्प विज्ञानको रहस्य खोलिदिएको वैज्ञानिकहरुको तर्क रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank