मंगलग्रहमा पुग्यो नासाको यान. अर्बौ बर्ष पुराने रहस्य खुल्ने

मङ्लबार, मंसिर ११, २०७५



काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान मंगलग्रहमा पुगेको छ । नेपाली समय अनुसार आज बिहान पौने २ बजे अन्तरिक्षयान मंगलग्रहमा सफल अवतरण भएको हो । मंगलग्रहमा पुग्नका लागि प्रतिघण्टा २० हजार किलोमिटरमा यान कुदिरहेको थियो । अन्तरिक्षयानले मंगलग्रहको जमिन र आन्तरिक भागबारे अध्ययन गर्नेछ ।

उक्त षनले अर्बौ बर्यापछि नयाँ जानकारी दिने अपेक्ष गरिएको छ । यो यानले मंगल ग्रहको अवस्थाबारे जानकारीसँगै त्यहाँको तस्बिर पठाउने वैज्ञानिकले बताएका छन् । यो यानको सहयोगले वर्षौं पुरानो तथ्य तथा जानकारी मिल्ने अनुमान गरिएको छ ।

_104501363_gettyimages-1065499756यो यान एलिसिया प्लानिसियन नामको मैदानमा सफल अवतरण भएको थियो । जुन मंगलग्रहको भूमध्यरेखा नजिक पर्छ । वैज्ञानिकहरु त्यहाँ वरपरका जानकारी र तस्बिरका लागि पर्खिरहेका छन् । यान अन्तरिक्षमा पुगेपनि नासाका बैज्ञानिकहरुले खुसी मनाएका थिए ।

इन्साइट मंगलग्रहको बारेमा यस्तो जानकारी दिनसक्छ जुन अरबौँ वर्षदेखि थाहा छैन । आफ्नो अभियानको समयमा यो यानले मंगलग्रहमा एउटा साइज्मोमिटर राख्छ । यसले मंगल ग्रहमा हुने हलचलको बारेमा रेकर्ड गर्न सक्छ ।

145 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank