चन्द्रमामा मानिसको वस्ती बसाउन नासाले चीनसंग सहकार्य गर्ने

सोमवार, माघ ७, २०७५



नासा । चन्द्रमामा नयाँ अनुसन्धान गर्न नासा र चीनको अन्तरिक्ष एजेन्सीसंगै काम गर्न तयार भएका छन् । चन्द्रमामा मानिसको वस्ती बसाउन तथा बाहीरी अन्तरिक्षको अनेकौं रहस्य माथि अन्वेषण गर्ने मिसनमा पछिल्लो सहकार्यले गति लिने जनाइएको छ ।

अमेरिका अन्तरिक्ष एजेन्सीले पछिल्लो महिना चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनबाट यान चाँग ४ अन्तरिक्षमा पठाइसकिएको छ । जसबाट प्राप्त डाटाहरको विभिन्न सम्भावना माथि अनुसन्धान भइरहेको छ । चीनको यो यान यसै महिना चन्द्रमाको सतहमा उत्रिसकेको छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सीले भनेको छ । नासा चन्द्रमा सम्बन्धी अध्ययन बढाउन साथै व्यवसायिक र अन्तराष्ट्रिय भागेदारी तयार गर्न तयार छ । एजेन्सीको भनाई अनुसार, सौर्य मण्डलको बाहिर मानिसहरुको गतिविधि विस्तार गर्न सहयोगी हुने छ । नासा आउँदो साल रोबोटीक मिसनलाई नतिजामा पुर्याउन लागि परेको छ ।

यस अन्तरगत चन्द्रमामा अनेकौं संसाधनको अध्ययन र मानव वस्तीको निम्ती अक्सीजन र हाइड्रोजनको प्रयोग गरिने छ ।
चीन र नासाबीच गरिने सहकार्य पारर्दशी, पारस्परिक र मानव फाइदाको निम्ती हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata